मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
रासस बलेवा
२o८१ पौष ५ शुक्रबार १५:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागलुङ कालिकामा एक महिनाको भेटी २९ लाख रुपैयाँ

Read Time : < 1 मिनेट
रासस, बलेवा
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १५:४८:oo

बागलुङ कालिका भगवती मन्दिरमा मंसिरमा २९ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मंसिरमा मन्दिरमा २९ लाख १२ हजार ६९० रुपैयाँ आम्दानी भएकामा १४ लाख ३७ हजार ३९ रुपैयाँ खर्च भएको छ । मंसिरमा १४ लाख ७४ हजार ६५१ रुपैयाँ बचत भएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट १७ लाख आठ हजार ६४० रुपैयाँ, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट एक लाख २५० रुपैयाँ, कुखुराबाट सात हजार ६ सय, राँगोबाट दुई हजार रुपैयाँ , सटर भाडा तीन लाख नौ हजार ५४० रुपैयाँ, विवाहबाट रुपैयाँ, १० हजार पाँच सय रुपैयाँ, वनभोजस्थलबाट एक हजार रुपैयाँ आम्दानी भएको छ ।


कर्मचारीहरूको तलबमा चार लाख पाँच सय रुपैयाँ, बिजुलीमा ३५ हजार नौ सय ३० रुपैयाँ, पूर्वाधार विकासमा पाँच लाख २८ हजार ६९८ रुपैयाँ, पूजा खर्च ५५ हजार, पोसाकमा ५३ हजार रुपैयाँ, विज्ञापन खर्च  ६ हजार रुपैयाँ, मेसिन तथा उपकरण २८ हजार रुपैयाँ, खाद्यान्न र आवासमा ७८ हजार रुपैयाँ, मर्मतसम्भारमा १७ हजार रुपैयाँ, यातायात तथा भ्रमणमा एक लाख तीन हजार आठ सय रुपैयाँ खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।