मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ५ शुक्रबार o६:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्फर्मेटिक्स कलेजबाट एक सय ३० जना दीक्षित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार o६:२o:oo

इन्फर्मेटिक्स कलेज पोखराबाट एक सय ३० जना दीक्षित भएका छन् । दीक्षान्त समारोह बिहीबार भएको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएस्सी (अनर्स) कम्प्युटिङ तह पूरा गर्ने एक सय १७ जना विद्यार्थी गरी जम्मा एक सय ३० जना विद्यार्थी दीक्षित भएका थिए ।

वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्य्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको कलेजले जनाएको छ । दीक्षित विद्यार्थीले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पु¥याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।

यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्य्राजुएट छात्रवृत्ति आयुषकाजी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले इस्लिङ्टन कलेजमा एमएस्सी आइटी र एप्लाइड सेक्युरिटी अध्ययनलाई निरन्तरता दिनेछन् । समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीलगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित इनफर्मेटिक्स कलेजले सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रमा स्नातक कार्यक्रम प्रदान गर्दै आइरहेको छ ।