मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ११ शनिबार
  • Tuesday, 11 March, 2025
२o७८ बैशाख ११ शनिबार १२:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिनामा एक हजार तीन सय मानवअधिकार उल्लंघनका घटना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख ११ शनिबार १२:५o:oo

नेपालमा पछिल्ला तीन महिनाको अवधिमा एक हजार तीन सय ८१ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा एक हजार तीन सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको हो । 

इन्सेकले वैशाख ८ गते जारी गरेको प्रतिवेदनमा यो अवधिमा सबैभन्दा बढी महिला अधिकार उल्लंघनका घटनाबाट सात सय ६ जना पीडित भएको जनाएको छ । राज्यपक्षबाट १६ जना महिलासहित दुई सय २३ जना र अन्य पक्षबाट एक हजार ८१ जना महिलासहित एक हजार एक सय ५८ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । 

मानवअधिकार स्थिति सूचक नाम दिइएको प्रतिवेदनमार्फत सार्वजनिक गरिएको तथ्यांकमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा दुई सय ५९ जना र सबैभन्दा कम प्रदेश २ मा ३४ जना महिला अधिकार उल्लंघनका घटनाबाट पीडित भएको जनाइएको छ । यो अवधिमा ६३ जनाको हत्या भएको अभिलेख राखिएकोमा जुम्लामा एकजनालाई प्रहरीले यातना दिएका कारण मृत्यु भएको भनी राज्य पक्षबाट हत्याको सूचीमा एकजना रहेको तथ्यांक छ ।

तीन महिनाको अवधिमा राज्यले नागरिकको आधारभूत अधिकारको रक्षा र सुनिश्चितता गर्न नसकेका एक हजार एक सय ७७ घटनाहरू इन्सेकले जनाएको छ । ती घटनामा एक हजार तीन सय ८३ जना पीडित भएका हुन् । अभिलिखित घटनामध्ये राज्यपक्षबाट ४१ र अन्य पक्षबाट एक हजार एक सय ३६ वटा घटना रहेका छन् । 
त्यसैगरी अभिलिखित घटनामध्ये ७४ प्रतिशत घटना महिला तथा बालिका हिंसासँग सम्बन्धित रहेको इन्सेकको अभिलेखले देखाएको छ ।

‘सामाजिक न्याय र विधिको शासन पालनाको अवस्थामा सुधार गर्न नियामक निकायले थप पहलकदमी लिनुपर्ने तथा सामाजिक अभियान र संस्थागत प्रयास सुदृढ गर्नुपर्ने आवश्यकता देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।