मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ६ मंगलबार
  • Wednesday, 18 December, 2024
रवीश कुमार
२o७७ माघ ६ मंगलबार o७:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मिडिया अर्णवलाई होइन, संरक्षकलाई जोगाउन चाहन्छ 

Read Time : > 2 मिनेट
रवीश कुमार
नयाँ पत्रिका
२o७७ माघ ६ मंगलबार o७:२२:oo

भारतीय मिडिया अर्णवलाई जोगाउनका लागि होइन, बरु आफ्नो संरक्षकलाई जोगाउन लागिपरेको छ

तपाईंले कोसँग आशा गर्नुभएको ? भारतको ९९.९९९ प्रतिशत मिडिया ‘गोदी मिडिया’ हो । यसले एउटा परिवारले जसरी काम गर्छ । यो परिवारको संरक्षकको नाम तपाईंलाई थाहा छँदै छ । यो परिवारका सबै एंकर र च्यानल मालिक सबै अर्णव नै हुन् । नाम सबैको छुट्टा–छुट्टै छ, तर काम भने अर्णवकै हो । तपाईं आफै सोच्नुस् न, एउटा अर्णवले अर्को अर्णवका बारेमा कसरी बोल्ला ? त्यसैले अर्णव, अर्णवका बारेमा जहिले पनि मौन नै हुन्छ । भलै यस खेलमा गोदी मिडियाबीच प्रतिस्पर्धा नै किन नहोस् । तपाईंले गोदी मिडियाको संरक्षक को हो भनेर त हेर्नुस् । गोदी मिडियाले आफूबीचको प्रतिस्पर्धाको लडाइँमा संरक्षक को भनेर भन्न सक्छ ? उसले यस्तो कहिल्यै पनि गर्दैन । त्यसैले भारतीय मिडिया अर्णवलाई जोगाउनका लागि मौन होइन, बरु आफ्नो संरक्षकलाई जोगाउन लागिपरेको छ । जुन खेललाई अर्णवको कथित च्याटका माध्यमबाट निकालिएको दाबा गरिँदै छ, त्यो कसलाई थाहा छैन । यस खेलमा ९९.९९९ प्रतिशत गोदी मिडिया लाभार्थी हो । भनेपछि कसले अर्णव हुनुको अर्थमा अर्णवको पोल खोल्ला र ?

अर्णव भनेको एउटा न्युज एंकर मात्र होइन । अर्णवले बोल्ने झुट र दिन–रात त्यही हेरेर बस्ने समाज पनि अर्णव बनिसकेको छ । त्यस समाजको सोचमा अर्णव र अर्णवको संरक्षकका बीचको सीमारेखा मेटिन पुगेको छ ।
 

अर्णव भनेको एउटा न्युज एंकर मात्र होइन । अर्णवले बोल्ने झुट र रात–दिन त्यही हेरेर बस्ने समाज पनि अर्णव बनिसकेको छ । त्यस समाजको सोचमा अर्णव र अर्णवको संरक्षकका बीचको सीमारेखा मेटिन पुगेको छ । उनीहरूका लागि संरक्षक नै अर्णव हो र अर्णव नै संरक्षक हो । भनेपछि यो समाज अर्णव र त्यसका संरक्षकका लागि चुप भएर बस्नेछ । जबकि त्यही समाज रक्षा र सेनाका विषयमा भने फर्जी राष्ट्रवादको नारा बुलन्द गरिरहेको हुन्छ । यो सबै किन भने आफ्नो भित्रको साम्प्रदायिकतालाई नैतिक जामा पहिर्‍याउन सकियोस् । उसका लागि न देशभक्ति महत्वपूर्ण हो, न राष्ट्रवाद । दुवैमा भिन्नता हुने गर्छ । जे होस्, त्यसैले ऊ अर्णवसँगको विषयलाई लिएर राष्ट्रिय सुरक्षाको विषयलाई लिएर उठाइएका प्रश्नमा कुरा गर्दैन । ऊ मौन नै रहन्छ । किनभने जति वेलासम्म ऊ जीवित छ, यसैगरी झुट र प्रपञ्चका साथ जीवन मर्न अभिशप्त छ ।

मलाई थाहा छ कि समाचार च्यानलका माध्यमबाट जनतालाई दैनिक गुलाम बनाउने अभ्यास गरिँदै छ र जनता कुन हदसम्म गुलाम बनिसकेका छन् भनेर दैनिक त्यसको परीक्षण पनि हुने गर्छ । त्यसैले त जनताले साढे तीन महिनासम्म सुशान्तसिंह राजपूतको आत्महत्याको खबरमा झुटको महाकवरेज हेरेका थिए । यो समाजमा नैतिकताको कुनै ठाउँ बचेको छैन । यो समाज एउटा गिरोह र त्यसका सदस्यको अनैतिकताको बचाउ गर्नका लागि जीवित छ । त्यसैले मैले भनेको थिएँ– जनताको अधिकारको संघर्ष गोदी मिडियाको बहिष्कार नगरी लड्न सकिँदैन । त्यसको कुनै अर्थ छैन । जब ९९.९९९ प्रतिशत सञ्चारमाध्यम गोदी मिडिया भई हाल्छन्, तब हरेक कुरामा यसको हिसाब हुनुपर्छ कि मिडिया नभई पनि कसरी आन्दोलन गर्ने हो । तर, जसले मिडियाका लागि आन्दोलन गर्नेछ, त्यसको मृत्यु भने निश्चित छ । त्यसको असफलता निश्चित छ । यो कुरा किसानका लागि मात्र होइन, बरु जागिर र परीक्षालाई लिएर आन्दोलन गर्दै गरेका विद्यार्थीका लागि पनि हो । उनीहरूले आफूभित्र यो स्वाभिमान पैदा गर्नैपर्ने हुन्छ कि आफ्नो आन्दोलनबाट सामाजिक सञ्जाललाई बाहिर निकालिदिने । 

यसबीच कैयौँले मलाई अर्णवको च्याटबारे तपाईंले एउटा कार्यक्रम किन नगरेको भने । मेरो जवाफ पेसेवर छ । पहिलो, मैले च्याट हेरेकै छैन । एक्लै काम गर्ने हुनाले मैले पढ्ने समय नै पाएको छैन । सामाजिक सञ्जालमा यो यति धेरैचोटि पोस्ट गरिएको छ कि त्यस्तोमा एकै छिन अडिएर त्यसलाई नियाल्छु । आफैँ पढ्छु । ढिला भएर कुनै तुफान आउने होइन । यति वेला किसानको मुद्दा बुझ्न लागेको थिएँ । मैले अर्को कुनै विषयमा पनि कार्यक्रम गरेको छैन । सोचेको त के थिएँ भने किसानको मुद्दालाई लिएर मात्र ५० वटा एपिसोड गर्छु । स्वाभाविक हो कि त्यसमा व्यस्त भएँ र अझै पनि व्यस्त छु ।

यदि म अर्णव हुन्थेँ भने सबै मौन हुन्थे होलान् ? आइटी सेल मौन रहन्थ्यो । र, सबैभन्दा ठूलो कुरा समाजको सबैभन्दा ठूलो तप्का मसँगै उभिएको हुन्थ्यो ? मेरो एउटा कुरा ख्याल गर्नुहोला । भारतको सामाजिकताको जगमा नैतिकता नै छैन । यसभन्दा अगाडि भन्नु आवश्यक छैन । न्युज च्यानलको गुलामी व्यहोरिरहेको यो समाजसँग कुरा गर्नु भनेको समय बर्बाद गर्नु हो । अब प्रश्न के हो भने अर्णवलाई सहयोग कसरी गर्ने ?

(रवीश कुमार भारतका प्रतिष्ठित पत्रकार हुन्)
मिडिया भिजिलबाट