१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रवीश कुमार
२o८१ बैशाख २० बिहीबार o९:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘टेक फोग’ : भारत सरकारको नरसंहार भड्काउने औजार

Read Time : > 2 मिनेट
रवीश कुमार
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३१:oo

भारतमा आइटी सेलको रहस्यमय संसारमा राष्ट्र निर्माणका नाममा कैयौँ युवालाई अपराधी बनाइँदै छ 


टेक फोग’ नामक एप सिर्फ एप मात्र होइन, यो ‘टुलकिट’ बनाउने कारखाना हो । यसको सम्बन्ध सीधा भारतीय सरकारसँग देखिन्छ । यसको खतरनाक प्रयोगबारे ‘द वायर’ले भर्खरै सार्वजनिक गरेको छ । द वायरको समाचार पढेपछि ‘दिशा रवि’ नामकी अभियन्ताको प्रसंग याद आयो । टुलकिट, टुलकिटको नारा लगाउँदै सरकार ती युवतीमाथि खनिएको थियो र पछि उनलाई जेलमा हालियो ।

विश्व प्रसिद्ध पपस्टार रिहाना, जलवायु अभियन्ता ग्रेटा थनवर्गले भारतमा किसानमाथि भइरहेको अत्याचारबारे टिप्पणी गरेपछि दिशा रवि विवादमा तानिएकी थिइन् । त्यसवेला तिनले कसरी टुलकिट पाए भन्ने प्रश्न सरकार समर्थकले एकैपटक गरेका थिए । तर, सरकारसँग यस्तो टुलकिट तयार गर्ने कति कारखाना छन् भन्ने कसैले प्रश्न नै गरेन ।

हाल सार्वजनिक भएको ‘टेक फोग’ एप टुलकिट बनाउने पहिलो र अन्तिम एप होइन । ‘टेक फोग’ एपलाई एउटा टुलकिट निर्माण गर्ने एपका रूपमा मात्र बुझ्नु हुँदैन । यो त त्यो राजनीतिक मनोवैज्ञानिक प्रणालीको एक हिस्सा हो, जसमा यस्ता धेरै एप र प्लेटफर्म छन् । गोदी मिडिया पनि यस्तै प्रकारको एप हो । जसको माध्यमबाट एउटै किसिमको प्रपोगान्डा सामग्री फैलाइन्छन् । तर, मिडियाको रूपले त्यसले स्वीकार्यता पाइरहेको छ ।

‘द वायर’को समाचारअनुसार मार्च २०२० को महिनामै तब्लिगी जमातका बारेमा घृणित टेक्स्टहरू बनाइएका थिए । र, तिनलाई अज्ञात ट्विटर एकाउन्टहरूमार्फत ट्रेन्डमा ल्याइएको थियो । त्यसवेला तब्लिगी जमातलाई कोरोना जिहादसँग जोडिएको थियो । तब्लिगी जमातबारे गोदी मिडियामा धेरै कार्यक्रम प्रसारण भएका थिए । धेरै जानकारी नभएको कोरोना भाइरसले मानिसलाई त्रसित बनाएको छ । तब्लिगी जमातका नाममा आम मुस्लिमविरुद्धको घृणा गाउँ–गाउँसम्म फैलियो । दिल्ली सरकार र केन्द्र सरकारका अधिकारीले पत्रकार सम्मेलनमा तब्लिगी जमातको नाम कोरोना फैलाउने कारकको रूपमा लिन थाले । यो एक प्रकारले नरसंहारका लागि सामाजिक र आधिकारिक स्वीकृति थियो । त्यतिवेला मेरा परिचित प्रहरी अधिकारीले लकडाउन भएर मात्र नभएर मुस्लिमविरुद्ध भिडले हतियार उठाउने स्थिति बनिसकेको बताएका थिए ।

यसरी ‘टेक फोग’ एप र गोदी मिडियामार्फत कोरोनालाई मुस्लिमसँग जोड्ने राजनीतिक प्रयोगको एउटा हिस्सा थियो । ‘टेक फोग’सम्बन्धी समाचारले यो कुरालाई थप पुष्टि गरेको छ । ‘टेक फोग’ एक प्रपोगान्डा मात्र होइन, तर नरसंहारलाई उक्साउने उपकरण हो । ‘द वायर’को रिपोर्टपछि यो डर फैलाउनेमा मात्र सीमित नभएर नरसंहारको राजनीतिक परियोजना थियो भन्ने प्रस्ट हुन्छ । अदालतले यो कुरालाई ध्यानमा राखेर ‘टेक फोग’ निर्माता कम्पनीलाई विश्वसामु ल्याउनुपर्छ । यसको रहस्य बाहिर आउन बाँकी छ ।

महिला पत्रकारहरूको व्यक्तिगत जानकारी संकलन गरिएको छ, त्यसैले पनि अदालतको भूमिका महत्वपूर्ण छ । यो कसरी र कहाँबाट प्राप्त भयो जान्नु महत्वपूर्ण छ । क–कसको ह्वाट्सएप नम्बरहरू हाइज्याक भएका छन् र ती व्यक्तिबाट प्राप्त डाटाको खतरालाई बुझ्नुपर्छ । अब सजिलै कसैको बैंक खाताबाट सबै पैसा उड्न सक्छ । त्यसैले यसमा व्यक्तिगत सुरक्षाबाहेक यो विषय आर्थिक सुरक्षाको पनि हो । ‘टेक फोग एप’ पछाडिको कम्पनी र सरकारबीचको सम्बन्धलाई उजागर गर्न आवश्यक छ । अदालतको हस्तक्षेपविना यो काम हुन सक्दैन । हाम्रो ध्यान एउटा मोबाइल एपमा केन्द्रित हुनेभन्दा पनि यो एपका लागि टेक्स्ट कहाँ तयार हुन्छ र त्यो घृणाजन्य सन्देश कुन कम्पनीले लेख्छ भन्नेमा हुनुपर्छ । 

‘द वायर’को रिपोर्टमा उक्त कारखानाको नाम भाजपा बताइएको छ । भाजपाको आइटी सेलको रहस्यमय संसारमा राष्ट्र निर्माणको नाममा कति युवालाई अपराधी बनाइन्छ, त्यसबाट पनि सचेत हुन जरुरी छ । पछिल्लो समय विवादमा आएको ‘सुल्ली डिल’ र ‘बुली बाई’जस्ता एप पनि यस्तो प्रकारका फ्याक्ट्रीमा वा यो मानसिकताबाट तयार भएका मानिस आफैँले बनाइरहेका छन् । यी कामपछाडिको विचारधारा त्यही ठाउँबाट निःसृत छ, जसको मूलमन्त्र, जनताको मनमा मुस्लिमप्रति घृणा पैदा गर्ने देखिन्छ । यो विचारधाराले भारतका बहुसंख्यक समाजका केटाहरू दंगाकारी बन्नेछन् ।

दंगाकारी दुई प्रकारका हुन्छन् भन्ने ख्याल गर्नुपर्छ । हिंसामा प्रत्यक्ष रूपमा संलग्न हुने दंगाकारी र एपहरूमार्फत समुदायविरुद्ध हिंसाको भोक मेटाउने अनलाइन दंगाकारी । दुवै समूहमा कुनै समुदायप्रतिको घृणा साझा देखिन्छ । यो काम धेरै तहमा भइरहेको छ । प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथहरू आफ्नो भाषणमा माफिया शब्दको खुब प्रयोग गरिरहेका हुन्छन् । अमित शाह भाषणहरूमा मुस्लिम अपराधीहरूको मात्र नाम लिन्छन् । स्पष्टतः एउटै समुदायका अपराधीको नाम लिएर सिंगो समुदायलाई नै माफिया हो भन्ने पारिँदै छ ।

आचारसंहिता लागू हुनेबित्तिकै अब माफियाको ठाउँमा नयाँ शब्द आएको छ । असी प्रतिशतविरुद्ध बीस प्रतिशत । संवैधानिकजस्तो सुनिने यो शब्दले माथि चर्चा गरिएको नरसंहारकारी मानसिकतातर्फ धकेल्छ । नरसंहार हिंस्रक मात्र हँुदैन, समुदायलाई किनारामा धकेल्ने र तिनलाई अधिकारबाट वञ्चित गर्ने प्रवृत्तिको पनि हुन्छ । ‘टेक फोग’ भारतीय सरकारले तयार पारेको टुलकिट हो । म यसलाई थप स्पष्ट गर्न चाहन्छु । यो भाजपाको टुलकिट हो, जुन भाजपाले उसकै उपयोगका लागि तयार पारेको हो । यदि समाजका बहुसंख्यकले यसबाट आफूलाई बचाउन सकेनन् भने हरेक घरमा हत्यारा जन्मिनेछन् । द वायरबाट


 

ad
ad