१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रवीश कुमार
२o८१ जेठ ४ शुक्रबार o६:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

टिभी रेटिङको धाँधलीमा सरकार सामेल छ 

Read Time : > 2 मिनेट
रवीश कुमार
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:३५:oo

आज भारतका अधिकांश टिभी च्यानल रिपब्लिक टिभी च्यानलजस्तै देखिँदै छन्, बाँकी च्यानलमा पनि रिपब्लिक हुने चाहना देखिन्छ 

यो प्रणाली नै फ्रड छ । र, सबै यस फ्रडका हिस्सेदार छन् । टेलिभिजन रेटिङको फ्रड न एकै तरिकाले गरिन्छ, न यो काम एउटै च्यानलले मात्र गर्छ । यसमा सत्ताले पनि सहयोग गर्छ । मुम्बई प्रहरीको खुलासाबाट मैले खासै थप कुरा जानिनँ । यो सबै हामीले पहिले सुनेकै थियौँ । टिआरपी फ्रडमा अर्णव गोस्वामीको नाम आउनासाथ बाँकी गोदी मिडिया यसरी एकजुट भएका छन् कि मानौँ तिनको सञ्चार माध्यममा चाहिँ साँचो पत्रकारिता हुन्छ । अर्णवको च्यानलमाथि एफआइआर हालिएपछि धेरै च्यानल उचालिएका छन् । तर, अहिले उचालिएका च्यानल कुनै हिसाबमा कम गोदी मिडिया होइनन् । 

आज भारतका अधिकांश टिभी च्यानल रिपब्लिक टिभी च्यानलजस्तै  देखिँदै छन्, बाँकी च्यानलमा पनि रिपब्लिक हुने चाहना देखिन्छ । ती च्यानलमा आएका सामग्रीमा थोरै मात्र ध्यान दिनुभयो भने तपाईंलाई बुझ्न गाह्रो हुँदैन । यी गनाउने च्यानलमध्येबाट एउटा महागनाउने च्यानलले मात दिएको छ र त्यसैले अर्णवमाथि सबै जाइलागेका छन् । जबकि यहाँ सबै एउटै छन् । तपाईं यो खेलको मजा लिनबाट आफूलाई जोगाउनुस् । 

टिआरपीको फ्रडका लागि धेरै तरिका अपनाइन्छ । समाचारमा आएअनुसार जुन घरमा टिआरपी मिटर जोडिएका थिए, ती घरमा पैसा दिएर रिपब्लिक च्यानल चलाइराख्न भनिन्थ्यो । त्यस्ता मिटर भएका घरका मानिसले च्यानल हेरून् वा नहेरून् टिभी भने खोलेर राखिन्थे । यहाँ मुम्बई प्रहरी तथा बार्कले अर्णवको च्यानलको रेटिङमा मुम्बईको हिस्सा कति हुन्छ भनेर स्पष्ट गर्नुपर्छ । यस्तो काम अन्य सहरमा पनि हुन्थो कि हुँदैन पनि भन्नुपर्छ । मुम्बईको रेटिङलाई हटाउँदा बाँकी सहरमा के अर्णवको रेटिङ कम हुन्थ्यो ? टिआरपीको दुकान चलाउने संस्था बार्कले अन्य तथ्य पनि अगाडि राख्नुपर्छ ।

टिआरपी मिटर कुन घर वा क्षेत्रमा राख्ने भन्ने कुराबाटै टिआरपीको फ्रड पनि सुरु हुने गर्छ । के यो मिटर दलित, आदिवासी र मुस्लिम घरमा लगाइएको छ ? वा यो मिटर सिर्फ भाजपा समर्थकको घरमा लगाइएको छ ? टिआरपी मिटर सिर्फ सामान्य दर्शकको घरमा लगाइन्छ भन्ने विश्वसनीय आधार देखिँदैन ।

टिआरपी मिटर कुन घर वा क्षेत्रमा राख्ने भन्ने कुराबाटै टिआरपीको फ्रड पनि सुरु हुने गर्छ । के यो मिटर दलित, आदिवासी र मुस्लिम घरमा लगाइएको छ ? वा यी मिटर सिर्फ भाजपा समर्थकको घरमा लगाइएको छ ? हामी कसरी मानौँ कि टिआरपी मिटर सिर्फ सामान्य दर्शकको घरमा लगाइन्छ भनेर । एउटा प्रश्न यो हो । रेटिङको फ्रड केबलबाट हुन्छ । मान्नुस् कि मुम्बईको धारवीमा २०० वटा टिआरपी मिटर जडान भएको छ । त्यस क्षेत्रको केबलमा प्राइम टाइम देखाइएन भने सोको रेटिङ कम हुनेछ । उत्तर प्रदेशको सबैभन्दा ठूलो केबल प्रदायकलाई एनडिटिभी इन्डिया नौ बजे बन्द गर्न भन्नुभयो भने च्यानलको रेटिङ शून्य हुनेछ । 

यो खेलमा प्रशासन पनि जोडिएको हुन्छ र केबल प्रदायक पनि त्यत्तिकै जिम्मेािर हुन्छन् । सबै घरमा टिआरपी मिटर हुँदैन । जुन घरमा मिटर हुँदैन ती घरमा दिनभर एनडिटिभी इन्डिया हेरे भने पनि रेटिङ आउँदैन । सायद पूरै देशमा पचास हजारभन्दा कम मिटर छन् । बार्कसँग तपाईं यसको संख्या सोध्न सक्नुहुन्छ । यो पनि एउटा फ्रड हो । 

रातोरात कुनै च्यानललाई दोस्रो स्थानमा सार्नु पनि फ्रड हो । तपाईंलाई च्यानल कहाँ गयो भन्ने थाहा हुँदैन । कहिले भिडियो आउँदैन, कहिले आवाज आउँदैन । यसरी प्राविधिक खराबी देखाएर पनि राजनीति गरिन्छ । आजकल केबल खोल्दा सुरुको तीस सेकेन्ड रिपब्लिक च्यानल वा अन्य कुनै च्यानल आउने बनाउन सकिन्छ । होटेलमा पनि कुनै च्यानल फिक्स गरेर राखिन्छ । यो खेलमा कैयौँ च्यानल हुन्छन् । यसका लागि अर्णवमाथि सबै आक्रमण गरिरहेका छन्, ताकि खेल चलिरहोस् ।

टिआरपी मिटरको प्रणाली आज आएर खराब भएको होइन । यो विषयलाई ध्यान दिएर सम्झिनुस् । टिआरपी मापन गर्ने संस्था बार्कले आफैँले चोरी पक्रेको देखाएर पुनः आफ्नो साख बढाउने र यो खेल जस्ताको तस्तै जारी रहने खतरा पनि छ । यो चोरी नपक्रिएको भए पनि यो प्रणालीमा धेरै कमी–कमजोरी थियो भन्ने बिर्सिन हुँदैन । मिडियामा यो सब टिआरपीको अनावश्यक बोझको कारण हुन्छ भन्ने भ्रम पनि कोहीमा नहोस्, किनकि केही आवश्यक दबाबका कारणले पनि यस्तो हुन्छ ।

(रवीश कुमार भारतीय पत्रकार हुन् ।)
मिडिया भिजिलबाट

ad
ad