
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरीका प्रमुख एसएसपी राजु पाण्डेलाई निलम्बन गरेका छन्। ६ महिनाका लागि पाण्डेलाई निलम्बन गरिएको हो।
प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा उनले अवरोध गरेका थिए। सोही विषयलाई लिएर स्पष्टीकरण सोधिएकोमा जवाफ चित्त नबुझेको भन्दै निलम्बन गरिएको छ।
नगर प्रहरी प्रमुख पाण्डे मेयर बालेन्द्र (बालेन) शाहनिकट हुन्। बालेनकै निर्देशनअनुसार उनले गुरागाईंलाई रोकेका थिए। गुरागाईंमाथि भ्रष्टाचारको आरोपमा कार्यालय प्रवेशमा रोक लगाइएको थियो। गुरागाईंलाई हटाएर नयाँ प्रशासकीय अधिकृत पठाउन महानगरपालिकाले पत्राचार गरे पनि संघीय सरकारले मानेको छैन ।
कार्यालय प्रवेशमा रोक लगाएको अवस्थामा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृत गुरागाई गत २१ चैतमा ढोका फुटाएर कार्यकक्षमा प्रवेश गरेका थिए। नगर प्रहरी प्रमुखले प्रशासकीय अधिकृतको आदेश मान्नुपर्ने कानुनी प्रावधान रहेकोमा आदेश नमानेको भन्दै उनलाई निलम्बन गरिएको महानगर स्रोतले बताएको छ।