१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २० मंगलबार oo:o८:oo
Read Time : < 1 मिनेट
समाचार

यातायात व्यवसायीसँग सहमति, गण्डकी प्रदेशले मान्यता दिए मंगलबारदेखि यातायात खुल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार oo:o८:oo

आन्दोलनरत यातायात व्यवसायी र सरकारबिच सहमति भएको छ । सोमबार मध्यरातिको वार्तामा सहमति जुटेको हो । तर, संघ सरकार र यातायात व्यवसायीबीच सहमति जुटे पनि गण्डकी प्रदेश सरकार सहमत भए मात्र सार्वजनिक यातायात खुल्ने विषयमा टुंगो लाग्ने भएको छ। 

गृहले गठन गरेको  पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वको सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीबीच भएको वार्ताबाट सहमतिको हस्ताक्षर भएको छ । रातो नम्बर प्लेटलाई पनि कालो सरह गण्डकी सरकारले दिएको मान्यता फिर्ता गर्ने सहमति भएको हो। तर, गण्डकी सरकारले नियमावलीमार्फत् यो व्यवस्था गरेको थियो।

अब संघले गरेको सहमतिमा गण्डकीले अनुमोदन गर्नुपर्ने छ। ‘हमीले सहमति जनाए पनि गण्डकी प्रदेश सरकारसँग जोडिएको विषय हो। अहिले गण्डकी सरकारसँग सम्पर्क गर्ने अवस्था भएन अब भोलि फस्ट आवरमा टुंगो लगाउछौं,’ कार्यदलका संयोजक पन्थले भने। 

यातायात व्यवसायी भने रातो नम्बर प्लेटका (मोटरसाइकल र चार पांग्रे गाडी)बाट पनि यात्रु ओसार्न पाउने ‘राइड सेयरिङ’लाई गण्डकीले दिएको मान्यता खारेजको मागसहित हड्तालमा छन्।
 

छुटाउनुभयो की ?