मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ९ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ९ मंगलबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोर्गन कलेजलाई कारबाही गर्न कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ९ मंगलबार १६:११:oo

नेपाली कांग्रेसले परीक्षार्थीसँग चर्को शुल्क असुल्ने काठमाडौंको बसुन्धरामा रहेको मोर्गन कलेजलाई कारबाही गर्न माग गरेको छ । 

महामारीबीच मंगलबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा काठमाडौं महानगरपालिका– ३ को मोर्गन कलेजले विभिन्न बाहना बनाएर शुल्क असुलेको विषयमा विरोध गर्दै सत्यतथ्य छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको हो । 

कांग्रेसको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै संवैधानिक रूपमै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने ग्यारेन्टी भइसकेको अवस्थामा मोर्गन कलेजले प्रवेशपत्र लिने क्रममा परीक्षार्थीलाई शुल्कको बाहना बनाएर परीक्षाबाट वञ्चित गराएको विषय सामाजिक सञ्जालमा आएको भन्दै सत्यतथ्य छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । 

‘नेपालको संविधान, २०७२ ले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने ग्यारेन्टी मौलिक हकमा नै गरेको छ । परीक्षा शुल्कको बाहनामा विद्यार्थीलाई परीक्षाबाट वञ्चित गराउने कार्य अविलम्ब रोकियोस्,’ विज्ञप्तिमा लेखिएकाे छ । 

विभागका सचिव डा. पौडेलले निजी शैक्षिक संस्थामा हुने यस्ता गतिविधिले नेपालको शैक्षिक प्रणालीलाई नै गम्भीर असर पार्ने भन्दै तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।