
संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै धनगढीमा बिहीबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम देशभक्त समाजको आयोजनामा राजतन्त्र पक्षधरले धनगढीदेखि अत्तरियासम्म मोटरसाइकल र्याली निकालेका हुन् ।
र्यालीमा युवाको उल्लेख्य सहभागिता थियो । धनगढीबाट सुरु गरिएको र्याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा गरिएको थियो । कोणसभामा समाजका संयोजक रवीन्द्र कार्कीले मुलुकमा संघीयता असफल भएको दाबी गर्दै राजतन्त्रको आवश्यकता देखिएको बताए ।
गणतन्त्रका नाममा मुलुकमा भ्रष्टाचार, अनियमितता, दन्डहीनता बढदै गएकाले गणतन्त्रात्मक व्यवस्था खारेज हुनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।