१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ३ सोमबार १६:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज ३७ सय ९० संक्रमित थपिए,  सक्रिय संक्रमित ४० हजारभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ३ सोमबार १६:२७:००

देशमा पछिल्लो २४ घन्टामा ३७ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ३६ हजार ३६पुगेको छ । 

आज २३ सय ३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

अहिलेसम्म कुल ९४ हजार पाँच सय एकजना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । 

संक्रमणमुक्त हुने दर ६९.५ प्रतिशत रहेको छ । 

हाल देशमा ४० हजार सात सय ७८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल १३ हजार आठ सय ५१ जना संस्थागत आइसोलेसनमा र  २६ हजार नौ सय २७ जना होम आइसोलेसनमा रहेको उनले बताए । 

संक्रमितमध्ये दुई सय ८२ जना आइसियू र ६३ जनाको भेन्टिलेरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।