मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Wednesday, 02 September, 2026
२o७९ पौष १३ बुधबार १९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाकाका ‘हेल्थडेस्क’ सुनसान, परीक्षणका लागि केन्द्रकाे निर्देशन कुर्दै कर्मचारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार १९:३६:oo

छिमेकी राष्ट्रसहित विश्वका ९१ देशमा ओमिक्रोनको नयाँ भेरियन्ट बी ७ फैलिएको वेला नेपाल–भारत सीमानाका जमुनाहमा सञ्चालित हेल्थडेस्कका कर्मचारी कामविहीन भएका छन्। हेल्थडेस्कलाई कोरोना जाँच नगर्न भनेपछि हेल्थडेस्कका कर्मचारी कामविहीन भएका हुन्। 

भारतबाट फर्किने नेपालीको कारोना जाँच गर्नका लागि स्थापना भएको हेल्थडेस्क विगत दुई महिनादेखि कामविहीन भएको डेस्कका इन्चार्ज चिरञ्जीवी ज्ञवालीले बताए। उनले कोरोना संक्रमण दर घटेसँगै कोरोना जाँच बन्द गरिएको बताए। 

कोरोना संक्रमण दर घटेपछि परीक्षण प्रयोगमा आउने किटसमेत नभएको उनको भनाइ छ। ‘कोरोना संक्रमण दर शून्यमा झरेपछि परीक्षण गर्नुको अर्थ पनि रहेन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नाकामा कडाइ गर्ने भनेको छ, तर जाँच गर्न भनेको छैन। निर्देशन आउनेबित्तिकै परीक्षण सुरु गर्छौँ।’

उनले परीक्षण नभए पनि सोधपुछ गर्ने कार्य जारी रहेको बताए। अहिलेसम्म शंकास्पद फेला नपरेको उनको भनाइ छ। कोरोना परीक्षण रोकिएको मात्र हो। सोधपुछ गर्ने र शंकास्पद व्यक्तिलाई जाँचका लागि भेरी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयमा पठाउने गरिएको छ,’ उनले भने। 

बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले पछिल्लोपटक भारत, चीनलगायतका देशमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गरी सरोकारवाला निकायबीच छलफल गर्न बुधबार बैठक बोलाइएको बताए। कोरोना भित्रिन नदिन के–के गर्ने भन्ने बैठकले निर्णय गर्नेछ,’ उनले भने। 

मास्क र स्यानिटाइजर प्रयोगका लागि सर्वदलीय बैठकले आह्वान गर्ने पनि उनको भनाइ छ। ‘कोरोनासम्बन्धी सचेतना फैलाउने, भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, बाहिरबाट आइसकेपछि र वेलावेला स्यानिटाइजर प्रयोगका लागि सार्वजनिक अपिल पनि बैठकले गर्नेछ,’ सिडिओ खत्रीले भने।

कोरोना संक्रमण दर घटेपछि बाँकेमा मास्क र स्यानिटाइजर प्रयोग गर्नेको संख्या एकदमै न्यून छ।