मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १५ बिहीबार १४:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इटालीमा फेरि बढ्यो काेराेना संक्रमण, अस्पताल भर्ना हुनेमा खोप नलाएका बढी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार १४:२९:००

इटालीमा पछिल्लो समयमा फेरि काेराेना संक्रमण दरमा वृद्धि भएको छ। संक्रमित बढेसँगै त्यहाँका कोभिड अस्पतालमा भर्ना हुने दर पनि बढेको छ।

बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिड संक्रमित दर बढेको देखाएकाे हो। अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल भर्नादर बढेको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो हप्ताको तुलनामा आइसियूमा भर्ना हुने दर पनि नौ प्रतिशतले बढेको छ। अस्पतालमा भर्ना भएका संक्रमितमध्ये अधिकांश खोप नलगाएका मानिस रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताल भर्ना हुनेमा कोभिडको खोप लगाएकाभन्दा नलगाएका मानिस ३० प्रतिशत बढी रहेको प्रतिवेदनले देखाएको छ।