Skip This
भारतमा एकैदिन ५ हजार ३५७ जनामा कोरोना संक्रमण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Friday, 26 July, 2024
२o७९ चैत २६ आइतबार १७:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा एकैदिन ५ हजार ३५७ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार १७:o९:oo

गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ। 

यद्यपि, पछिल्ला केही दिनमा कोभिड संक्रमण बढेको पाइएको छ। अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ मा ३,६४१, अप्रिल ४ मा ३,०३८, अप्रिल ५ मा ४,४३५, अप्रिल ५,३३५ जनामा नयाँ संक्रमण देखिएको थियो। यसैगरी, सक्रिय संक्रमितको हालको संख्या ३२ हजार ८१४ छ। 

आइतबारसम्म दैनिक संक्रमण दर ३.३९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो २४ घण्टामा तीन हजार सात सय २६ निको हुँदा निको हुनेको कुल संख्या चार लाख ४१ लाख ९२ हजार आठ सय ३७ पुगेको बुलेटिनले जनाएको छ र अहिले समग्र निको हुने दर ९८ दशमलव ७४ प्रतिशत छ।

राष्ट्रव्यापी खोप अभियानअन्तर्गत आइतबारसम्म कुल २२०.६६ करोड खोपको डोज दिइएको छ जसमध्ये पछिल्लो २४ घण्टामा ६५९ डोज दिइएको छ।