१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २२ बिहीबार १४:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग

कोरोना कहरमा पनि सुनिता दुलाललाई गीत रेकर्डिङ गर्न भ्याइनभ्याई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २२ बिहीबार १४:३९:००

यस वर्ष गायिका सुनिता दुलालका गीत अघिल्लो वर्षको तुलनामा अलि कमै मात्रै बजारमा आए । तर, बजारमा नआए पनि गीत रेकर्डिङ भने निकै भएको उनले बताइन् । कोरोना कहरबीच पनि दुलाल निकै व्यस्त रहिन् । यसबीचमा एक दर्जनभन्दा बढी गीत गाएको उनले बताइन् ।

तिजमा पनि उनले पुरानै गीतलाई बजारमा ल्याएको बताइन् । धेरै नै गीत रेकर्डिङ भए पनि ती गीत कहिले सार्वजनिक हुन्छन् भनेर दुलाललाई समेत थाहा छैन । उनी भन्छिन्, ‘परिस्थिति अलि सहज भएपछि बजारमा आउँछन् होला ।’ 

उनले दसँैका लागि भनेर पनि गोविन्द गौतमको गीत रेकर्ड गराएकी छिन् । यस्तै, तिहारका लागि पनि एउटा गीतमा काम गरिसकेकी छिन् । दुलाल भन्छिन्, ‘यस वर्षको दसँैका र तिहारका लागि मेरो गीत यति नै हो । अरू गीतहरू टन्न रेकर्ड भएका छन्, बिस्तारै सार्वजनिक गर्नेछु ।’

कोरोना महामारी दिनदिनै बढिरहेको छ । यसले गर्दा पनि गीतहरू सार्वजनिक गर्न गाह्रो भइरहेको बताउँछिन् दुलाल । उनका अनुसार यस वर्षको दसँै गाउँ सिन्धुपाल्चोक गएर मनाउने योजना छ । उनी भन्छिन्, ‘कोरोना संक्रमण कम भयो भने अघिल्लो सालजस्तै यस वर्ष पनि सिन्धुपाल्चोक जान्छु ।’ तर, अहिलेकै जस्तो अवस्था भयो भने काठमाडौंमै रहेर दसैँ मनाउन बाध्य हुने उनको भनाइ छ ।