वेस्ट इन्डिज ‘ए’विरुद्धको खेलमा नेपालको बलिङ खर्चिलो देखिएको छ। पहिले पावर प्लेमा दुई विकेट निकाले पनि नेपालले ७७ रन खर्च गरेको छ।
६ ओभरको खेल सकिँदा कमलसिंह ऐरीले एक विकेट लिएका छन्। पहिलो विकेटका रूपमा जनसन चार्ल्स पेभेलियन फर्किएका थिए भने दोस्रो विकेटका रूपमा कमलकै बलमा आन्द्रो फ्लेचरलाइ राेहित पाैडेलले रनआउट गराए।