मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ६ बिहीबार ११:५१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हेल्थ कन्सस छु : रेखा शाह, गायिका

Read Time : < 1 मिनेट
२०७९ असोज ६ बिहीबार ११:५१:००

आफूलाई फिट राख्न खानेकुरामा निकै ख्याल राख्छु । जस्तै, चिल्लो खाँदिनँ । जंकफुड खाँदिनँ । सुगर बढी खाँदिनँ । बेलुका भात खाँदिनँ । धेरै खाएर बलियो भइन्छ भन्नेमा म छैन । ठिक्क खाने । समयतालिकामा खाने गर्छु । 

वर्कआउट गर्छु  

म नियमित कार्डियो गर्छु । यसो गर्दा शरीरको मोटोपना घटाउँछ ।  मेरो दैनिकीमा बिहान उठ्नेबित्तिकै पानी पिउँछु ।   

रियाज गर्छु 

मेरो लागि रियाज मेडिटेसनजस्तै हो । दैनिक बिहान २ घन्टा रियाज गर्छु । साथै, नसाहरू तन्किन पाउँछ । नियमित भोकल अभ्यासले पेटलाई पनि 
राम्रो गर्छ ।  

अध्ययन गर्छु 

अध्ययनले पनि मानसिक तनाव कम गराउँछ । र, नयाँ कुरा सिक्न पनि सकिन्छ । त्यस कारण किताब पढ्छु । फिक्सन ननफिक्सनका किताब पढ्दै पनि आइरहेकी छु ।

पजिटिभ सोच्छु

सकारात्मक सोचले पनि धेरै प्रभाव पार्छ स्वस्थ रहन भन्ने लाग्छ । त्यस कारण मनमा नराम्रो कुरा खेलाउँदिनँ । इगो मनमा हुनुले दुःख आफूले पाइन्छ । इगोले तनाव दिन्छ । त्यसबाट बच्ने कोसिस गर्छु । समस्यामा आत्तिन्न । त्यसकारण साथीसर्कलमा सकारात्मक सोचकै कुरा गर्छु ।