दशैं गीत ‘आइपुग्यो दशैं यो आँगन’ सार्वजनिक

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौ-  नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दशैं यो आँगन’ बडादशैंको अवसरमा सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गायक समीर खरेल को स्वर रहेको छ। शान्ता केसी कुँवर र डा. ईश्वरी जंग कुँवर को शब्द रहेको गीतमा डा. कुँवरको संगीत तथा रिकेश गुरुङ ‘किज’ को संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गरिमा शर्मा र प्रभात पाल ठकुरी को मुख्य अभिनय रहेको छ भने चाँदनी कुँवर ले यसै भिडियोमार्फत डेब्यु गरेकी छन्। भिडियोको निर्देशन तथा सम्पादन राजु जंग बस्नेत, नृत्य निर्देशन सुमित राजवंशी, छायांकन पवन सुस्लिङ र कलर संयोजन कुनाल कुँवर ले गरेका हुन्।

लोक–आधुनिक सांगीतिक स्वादमा तयार पारिएको यो गीत दशैंको उल्लाससँगै दर्शक तथा श्रोताहरूलाई छमछमी नचाउने खालको छ। ‘मालश्री गुञ्जियो धुन, आइपुग्यो दशैं यो आँगन’ भन्ने पङ्क्तिबाट सुरु हुने गीतमा पारिवारिक मिलन, परदेशबाट आफन्तको आगमन, चङ्गा, लिङ्गे पिङ, टीका, जमरा र मान्यजनको आशीर्वादजस्ता दशैंका मौलिक पक्षहरू समेटिएका छन्। 

प्रयासी परिवारको प्रस्तुतीको रुपमा आएको गीत गीतकोश नेपाल च्यानलबाट सार्वजनिक भएको हो। 

भिडियोः 

सुझावित समाचार