वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ। पाँच बलमा १३ रन जोडेर २६० को स्ट्राइक रेटमा खेलिरहेका आन्द्रो फ्लेचर दोस्रो विकेटको रूपमा पेभेलियन फर्केका हुन्।
कमलसिंह ऐरीको बलमा रन लिने क्रममा उनी आउट भएका हुन्। यसअघि कमलले नै पहिलो विकेटका रूपमा जनसन चार्ल्सलाई पेभेलियन फर्काएका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।