Skip This
‘चलचित्रकर्मी कल्याण कोष’लाई गायिका दीपानारायण झाले गरिन् पाँच लाख आर्थिक सहयोग    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘चलचित्रकर्मी कल्याण कोष’लाई गायिका दीपानारायण झाले गरिन् पाँच लाख आर्थिक सहयोग    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:१७:oo

नेपाली चलचित्रकर्मीको हितका लागि स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छिन् । सांगीतिक कार्यक्रमको क्रममा नेपाल आएकी झाले आफूसँगै श्रीमान् गायक उदीतनारायण झासहितको सहयोग भन्दै कोषमा  पाँच लाख एक सय ११ सहयोग गरेकी छिन् ।

‘गीत–संगीतमार्फत म र मेरा श्रीमानले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ गायिका झाले भनिन्, ‘नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ ।’    

यस्तै, अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही  एक लाख एक सय ११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही  ५१ हजार एक सय ११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले  ११ हजार एक सय ११ कोषमा सहयोग प्रदान गरेका छन् ।

कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिइन् । ‘यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो । कोषमा  पाँच करोड जम्मा भइसकेको छ । हाम्रो लक्ष्य १० करोडको छ,’ उनले भनिन् । नेपाली चलचित्र क्षेत्रमा निरन्तर रूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो ।  

चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्नेलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीसँगै पूर्वअध्यक्ष शम्भुजित बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्म निर्देशक माधवराज खरेललगायतकाे उपस्थिति रहेको थियो ।

ad
ad