१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइम्बिङ’ प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:oo:oo

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका– ५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।
 
साहसिक खेल ‘रक क्लाइम्बिङ’मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौंमा माप्य दुधकोशी गाउँपालिका र नेपाल आरोहण खेल संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र संघका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन् । 

पर्यटन विकासको प्रचुर सम्भावना भएको माप्य दुधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए।  उक्त प्रतियोगिताले माप्य दुधकोशी मात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए ।

नेपाल आरोहण खेल संघका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा ६ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उनले बताए । संघले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।

ad
ad