मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Wednesday, 08 January, 2025
प्रतिनिधिसभाको सोमबारको बैठकमा बेल घेराउसहित नारावाजी गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध, कांग्रेस सांसदहरूबाट वेल घेराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:४१:oo

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेका छन्। 

सभामुख देवराज घिमिरेले आजको बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएका थिए। 

सभामुख घिमिरेले आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने महत्त्वपूर्ण कार्यसूची रहेको भन्दै आ–आफ्ना स्थानमा बस्न लगातार आग्रह गरिरहेका छन् ।  

तर, कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै ‘सहकारीपीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर’ भन्दै नाराबाजी गरिरहेका छन्।