मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Wednesday, 08 January, 2025
नवराज मैनाली काठमाडाैं
२o८१ पौष २४ बुधबार o६:१७:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२० वर्षको प्रयासपछि प्रहरीमा स्टाफ कलेज सुरु : कोर्सका लागि १४४ प्रहरी अधिकृतको सर्टलिस्ट तयार, कोर्स नगर्ने डिआइजीमा बढुवा नहुने

फागुनको अन्तिम हप्ता तथा चैतको पहिलो हप्ता प्रवेश परीक्षा सञ्चालन गर्ने र चैतदेखि नै कोर्स सुरु गर्ने तयारी

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार o६:१७:oo

करिब २० वर्ष लामो प्रतीक्षा र प्रयासपछि अन्ततः नेपाल प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेको छ । उच्च  तहका अधिकृतहरूको पदोन्नति र नेतृत्व विकास प्रणाली व्यवस्थित एवं प्रभावकारी बनाउन कलेजको महत्वपूर्ण भूमिका रहने प्रहरी संगठनभित्र विश्वास छ । प्रहरी नेतृत्वका अनुसार अब उच्च पदमा बढुवा हुन कलेजको कोर्स अनिवार्य हुनेछ, जसले बढुवा पारदर्शी र अनुमानयोग्य बनाउनेछ । 

पुलिस लिडरसिप एन्ड स्टाफ कलेजले मंगलबार स्टाफ कोर्सका लागि १४४ प्रहरी अधिकृतको प्रारम्भिक सूची बनाएर एक साताभित्र प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । उनीहरूमध्ये ३५ जनाले एक वर्षमा ‘पुलिस लिडरसिप एन्ड स्टाफ कलेज (एमपिएस)’ कोर्स गर्न पाउनेछन् ।

यस्तो कोर्स नगर्ने एसपी र एसएसपीलाई बढुवाको दोस्रो सूचीमा राखिने र त्यसभन्दा माथि बढुवा नहुने मन्त्रिपरिषद्मा रहेको प्रहरी ऐनको विधेयकमा उल्लेख छ । कोर्स लिएका अधिकारीहरूलाई प्रहरी सेवामा गुणात्मक सुधार गर्न, रणनीतिक सोचको विकास लिन र निर्णय क्षमतामा वृद्धि गर्न सहयोग पुग्ने बताइन्छ । 

०७० सालको चैतमा भर्ना भएका प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजी सातौँ ब्याचबाट स्टाफ कलेज लागू गर्ने निर्णय प्रहरीले गरेको छ । यो ब्याचका ६५ जना डिएसपी भइसकेका छन् भने ७९ जना इन्स्पेक्टर छन् । 

गत ११ पुसमा बसेको पुलिस लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थापन समितिको बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली–२०८१ र पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश–२०८१ स्वीकृत गरेको थियो । त्यससँगै यसको कार्यान्वयन अघि बढेको हो । यही वर्ष फागुनको अन्तिम हप्ता तथा चैतको पहिलो हप्ता प्रवेश परीक्षा सञ्चालन गर्ने र चैतदेखि कोर्स सुरु गर्ने प्रहरी तयारी छ । 

२० वर्ष अघिदेखि नै प्रहरीमा यस्तो स्टाफ कलेज लागू गर्न छलफल हुँदै आएको थियो । हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो कार्यकालमा जसरी पनि यसलाई लागू गर्ने बताउँदै एक वर्षदेखि गृहकार्यमा लागेका थिए । स्टाफ कलेजको कोर्स कार्यान्वयनमा गएकोमा उनी खुसी छन् । 

यसले प्रहरीको नेतृत्व तहमा पुग्ने प्रहरी अधिकृतहरूको क्षमता र दक्षता अभिवृद्धि गर्दै प्रहरीको विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन यो कोर्स सहयोगी हुने उनको भनाइ छ । ‘२० वर्षको प्रयासपछि अन्ततः यो कार्यक्रम कार्यान्वयनमा गएको छ । सिनियर प्रहरी अधिकृतहरूको वृत्ति विकास र नेतृत्व विकास कोर्सको रूपमा रहने यस कार्यक्रम तथा यसमा समाहित विषयले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा देखापरेका नवीनतम परिवेशअनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने हाम्रो विश्वास छ,’ उनी भन्छन्, ‘अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास हुने भएकाले नेपाल प्रहरीको भावी दिनमा यसको दूरगामी प्रभाव रहनेछ ।’ 

यस्तो कोर्स महाराजगन्जस्थित नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमातहत हुनेछ । जहाँ गत १२ असारमै लिडरसिप एन्ड स्टाफ कलेजको कार्यालय स्थापना गरी तयारी अघि बढाइएको थियो । हाल कलेजको निर्देशक रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीको नेतृत्वमा कोर्सको कार्यान्वयन अघि बढेको छ ।

केसीका अनुसार कोर्स सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ । ‘हामीले ०७० सालमा भर्ना भएका इन्स्पेक्टरको ब्याचदेखि यो कार्यक्रम सुरु गर्न लागेका छौँ,’ उनले भने, ‘फागुनको अन्तिम साता वा चैतको पहिलो साता प्रवेश परीक्षा लिनेछौँ, चैतदेखि नै कोर्स सञ्चालन हुनेछ ।’ 

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँगको सहकार्यमा यस्तो कोर्स सञ्चालन हुन लागेको हो । यसलाई मास्टर इन पुलिस साइन्ससमेत भनिएको छ । यो कोर्सले प्रहरी अधिकारी थप खारिने भएकाले पुलिसिङमा पनि यसको सकारात्मक प्रभाव देखिने प्रहरी अधिकारी बताउँछन् । 

स्टाफ कलेजमा एक वर्षका लागि प्रहरी संगठनका ३५ जना र बाहिरका लागि पाँचजनाको कोटा राखिएको छ । विदेशका सुरक्षा अधिकारीका साथै सशस्त्र प्रहरी तथा नेपाली सेनाका केही अधिकृतलाई पनि पढाउन सकिने गरी पाँचजनाको कोटा राखिएको छ । त्यसमा बाहिरबाट पढाउन सक्ने अवस्था नभएमा वैकल्पिक सूचीमा रहेकालाई राखिने स्टाफ कलेजको तयारी छ । 

एकजनाले बढीमा तीनपटकसम्म प्रवेश परीक्षा दिन पाइने प्रावधान पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश २०८१ मा उल्लेख छ । तर, शान्ति मिसनमा रहेको, अस्वस्थ, गर्भवती तथा संगठनको काम गर्ने क्रममा घाइते भएर कोर्समा सहभागी हुन नसक्ने अवस्था, तीन महिनाभन्दा लामो वैदेशिक तालिममा रहेको अवस्थामा थप अर्काेपटक प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । 

प्रहरी प्रधान कार्यालयले स्टाफ कलेज लागू गरेसँगै पोस्ट ग्य्राजुयट इन पुलिस साइन्स (पिजिडिपिएस) विस्थापन गर्ने योजना थियो । प्रहरी निरीक्षकको आधारभूत तालिममा यो कोर्स अनिवार्य गरिएको छ । तर, यसको प्रभाव मूल्यांकन गरेर मात्र कोर्स हटाउने/नहटाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको छ । चार सेमेस्टर र कोर्सको अवधि १४ महिनाको बनाइएको छ । अन्तिम सेमेस्टरमा प्रहरी अधिकारीले कार्यक्षेत्रमै गएर थेसिस लेख्नुपर्नेछ । 

नेपाल प्रहरीमा ०६० देखि नै यस विषयमा छलफल हुँदै आएकोमा ०७५ मा यससम्बन्धी पाठ्यक्रम स्वीकृत भएको थियो । तर, प्रहरी नेतृत्वको अनिच्छा र केही प्रहरी अधिकारीको व्यक्तिगत स्वार्थले संगठनभित्र स्टाफ कलेज लागू हुन सकेको थिएन । सरकारले पनि ०७५ देखि नै यो कार्यक्रमका लागि बजेटसमेत उपलब्ध गराउँदै आएको थियो । तर, पछि रकमान्तर गरेर अन्य कार्यक्रममा खर्च हुने गरेको थियो । 

को–को छन् पहिलो सूचीमा ?

डिएसपीहरू– रञ्जन अवा, कमल बेल्बासे, यम कुमार श्रेष्ठ, एलिजा गिरी, कलमराज पण्डित, चेतना पोख्रेल, रमेश कुमार श्रेष्ठ, सुधिर राई, अनमोल खड्का, सुरक्षा केसी, निशान थापा, बेदबहादुर पौडेल, सूर्यबहादुर बोगटी, प्रकाश बुढाथोकी, सुवास भट्ट, नवराज ढुंगेल, चक्रबहादुर मल्ल, रघुसिंह बिष्ट, विकास बम, राजेशराज पुरी, ईश्वरी प्रसाद भण्डारी, हरि प्रसाद पौडेल, दिपेश बस्याल, मुक्तिनाथ सापकोटा, मिङमा शेर्पा, ज्ञानबहादुर खड्का, विनोद कुमार सुनुवार, दयाकृष्ण भट्ट, कमल बजगाई, रुपा थापा, टेकबहादुर रावत, वीरेन्द्र कुमार पासवान, विकास थापा, जिवन निरौला, निरञ्जन भट्टराई, सुभ्रदा लामा वाईबा, दिपक कुमार साह, केशर कुमार न्यौपाने, चन्द्रबहादुर थापा, अनिल ठकुरी, खगेन्द्र धमला, प्रकाश जवेगु, रिपेन्द्र कुमार, रामकुमार राई, शंकर पोखरेल, लक्ष्मी खनाल, निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वर बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबाबु राई, रुक बहादुर खड्का, रणबहादुर चन्द, राजन लामा, कमल कुमार खड्का

इन्सपेक्टरहरु–
इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढथापा, चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी, चन्द्र भुसन यादब, बसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदिप बस्याल, शिला थापा, बिक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवस बहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्र प्रसाद जोशी, पविन्द्र कुामर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुना, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर,राजिब श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिल बहादुर सिंह, शंकर खड्का, भाष्कर खतिवडा, कृष्ण प्रसाद बिष्ट, मदन थापा, हरिबहादुर बसनेत, अनिल पण्डित