१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस नेता लामाद्वारा दोलखाका दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:o८:oo

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जिपछिरिङ लामाले दोलखाका दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका नेता लामाले गृहजिल्ला दोलखाका दुईवटा स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका हुन् । लामाले भीमेश्वर नगरपालिका– ८ को बोच स्वास्थ्यचौकी र बिगु गाउँपालिका– १ स्थित गोंगर स्वास्थ्यचौकीलाई एक–एक थान एम्बुलेन्स सहयोग गरेका हुन् ।

आफ्ना स्वर्गीय बुबा–आमाको सम्झनामा स्थापना गरेको तेङिमा दाडोमा फाउन्डेसनको नामबाट लामाले मंगलबार काठमाडौंमा दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । नगरभित्रकै वडा भए पनि बस्तीहरू विकट भएकाले बिरामीलाई समयमा अस्पताल लैजान कष्ट व्यहोर्नुपरेको बाध्यता हटेको भीमेश्वर– ८ बोचका वडाध्यक्ष काजी बुढाथोकीले बताए । उनले एम्बुलेन्स प्राप्त भएपछि स्थानीयहरूमा समेत खुसी छाएको उल्लेख गरे ।  उता बिगु गाउँपालिका– १ मा समेत एम्बुलेन्स उपलब्ध भएपछि स्थानीयहरूलाई निकै सहज भएको सोही वडाका वडाध्यक्ष मेमबहादुर तामाङले बताए । 

कांग्रेस नेता लामाले यसअघि पनि दोलखाका नौवटै स्थानीय तहहरूलाई एक–एकवटा एम्बुलेन्स र दुई नगरपालिकामा सञ्चालित अस्पतालहरूलाई एक–एकवटा शववाहनसमेत वितरण गरेका थिए । नेता लामाले जिल्लाका जो–कोही नागरिकले रोग लाग्दा अस्पताल जान नपाएर मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराएको बताए ।

नयाँ पत्रिकासँग कुरा गर्दै लामाले भने, ‘म दुर्गम गाउँमा जन्मिएको र गाउँमा रोग लाग्दा अस्पताल जान नपाएर ज्यान गुमाउनुपरेको थुप्रै घटना आफैँले देखेको छु, त्यसैले त्यो अवस्था आउन नदिन एम्बुलेन्स दिएको हुँ ।’ उनले आवश्यक व्यवस्थापन गरी नागरिकमैत्री ढंगले सेवा प्रवाह गर्न स्थानीय तहहरूलाई अनुरोधसमेत गरेका छन् । 
 

ad
ad