Skip This
आक्राेशित हुँदै प्रधानमन्त्रीले भने- याे गतिविधि कांग्रेसलाई चर्काे पर्नेछ  
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आक्राेशित हुँदै प्रधानमन्त्रीले भने- याे गतिविधि कांग्रेसलाई चर्काे पर्नेछ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:४७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई साेमबार प्रतिनिधिनिसभा बैठकमा देखाएका व्यवहार लाेकतान्त्रिक नभएकाे बताएका छन्। 

विश्वासको मतको प्रस्तावपछि संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संवाद र सहमतिका लागि आफूले जारी राखेको प्रयासबीच सोमबारकाे बैठकमा विश्वासको मत लिने क्रममा कांग्रेसका सांसदले देखाएकाे गतिविधि इतिहासमै नराम्रो उदाहरण भएकाे बताएका हुन्। 

उनले भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आज बहुत गलत गर्नुभयो। तपाईंहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। म गहिरो दुःख व्यक्त गर्न चाहन्छु। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटकपटक साथ दियाे, यसपटक पनि संवाद र सहमतिमा ल्याउन बाटाे खाेजिरहेकाे छ। आजकाे याे गतिविधि तपाईंहरूका लागि मूल्य चर्काे पर्नेछ।’

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गरेका छन्। अहिले मत विभाजन प्रक्रिया अघि बढेको छ।