१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नारी दिवसका अवसरमा गायिका मेनुका पौडेल सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:३३:oo

इन्डियन आइडलमार्फत नेपाल र भारतमा चर्चा बटुलेकी गायिका मेनुका पौडेल सम्मानित भएकी छन्। अन्तर्राष्ट्र्रिय नारी दिवसको पूर्वसन्ध्यामा उनीसँगै ८० वर्षमा कक्षा १२ उत्तीर्ण भएकी रत्नकुमारी सुनुवार पनि सम्मानित भएकी छन्। 

उनीहरू माइती नेपालको कार्यालयमा बिहीबार सम्मानित भएका हुन्। एमाले नेतृ एवं नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले पौडेल र सुनुवारलाई सम्मान गरे। उनीहरूको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरिएको भारतीय राजदूतावासले जनाएको छ। 

सोही अवसरमा  भारतीय दूतावासले माइती नेपालका विद्यार्थीलाई पुस्तक उपहार दिएको छ । राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालपरिसरमा नारी दिवस मनाएको हो ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइराला, विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्रालगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिला सहभागी थिए ।

भारतीय राजदूतावासका नियोग उपप्रमुख श्रीवास्तवले माइती नेपालले नेपाली महिलाको हित र समृद्धिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे । सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गरे । 

कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । गायिका पौडेलले पनि सुमधुर गीत गाएकी थिइन् । 
 

ad
ad