मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
२o८१ पौष २ मंगलबार o७:४७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुविधासम्पन्न बनाइँदै धनकुटा जिल्ला अस्पताल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार o७:४७:oo

सम्झौताअनुसार समयमा काम सम्पन्न गर्ने गरी धनकुटा जिल्ला अस्पताल निर्माण कार्यलाई तीव्रता दिइएको छ । सय शड्ढयाको अस्पताल निर्माण हालसम्म ६० प्रतिशत सम्पन्न भएको छ ।

कोशी प्रदेश सरकारको लगानीमा अस्पताललाई स्तरोन्नति गर्दै धनकुटा नगरपालिका–७ बसपार्कछेउमा आधुनिक र सुविधासम्पन्न अन्डरग्राउन्ड पार्किङ र लिफ्टसहितको पाँचतले सय शड्ढयाको सुविधासम्पन्न अस्पताल भवन निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

२४ असार ०८० मा ठेक्का सम्झौता भएको अस्पतालको २४ असार ०८३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नमुना कन्स्ट्रक्सन प्रालि विराटनगरले भ्याटबाहेक २५ करोड २० लाख ३३ हजार ४४२ रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको छ । धनकुटा जिल्ला अस्पताल अहिले १५ शड्ढयाको छ । त्यसलाई स्तरोन्नति गर्दै सय शड्ढयाको अस्पताल निर्माण गरिएको हो ।

कन्स्ट्रक्सनले समयमा काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको दाबी गरेको छ । अहिलेसम्म अस्पतालको भौतिक संरचना निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको नमुना कन्स्ट्रक्सनका इन्जिनियर रोशन शाहले बताए । ‘अहिलेसम्म भौतिक संरचनाको हिसाबले ६० प्रतिशत काम सम्पन्न गरिसकेका छौँ । सम्झौताअनुसार ०८३ असार मसान्तसम्म काम सक्छौँ,’ उनले भने ।

सय शड्ढयाको अस्पताल निर्माण भई सञ्चालनमा आएपछि करिब पाँच सय कर्मचारी आवश्यक पर्ने धनकुटा जिल्ला अस्पतालका निमित्त प्रमुख डा. अमिताभ ठाकुरले बताए । अस्पताल बनेपछि धनकुटासहित छिमेकी जिल्लाका बिरामीले पनि विशेषज्ञ डाक्टरको सेवा प्राप्त गर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताए ।

निर्माणाधीन अस्पतालको ए ब्लक भवन ६ र बी ब्लक भवन पाँच तलाको रहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका सबइन्जिनियर केशवकुमार यादवले बताए । धनकुटा नगरपालिका– ७ कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रम धनकुटाको करिब २५ रोपनी क्षेत्रफल जग्गा अस्पतालको नाममा ल्याएर अस्पताल निर्माण कार्य सुरु गरिएको हो । धनकुटामा सय शड्ढयाको अस्पताल निर्माण भएपछि धनकुटासहित पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङलगायत बिरामीले सहज सेवा पाउने कोशी प्रदेश सदस्य निरन राईले बताए ।