मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
२o८१ पौष २ मंगलबार o९:३२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हेटौँडामा डेढ सातामै ९८ बंगुर मरे, अफ्रिकन स्वाइन फ्लुको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार o९:३२:oo

पछिल्लो डेढ सातामा हेटौँडाका विभिन्न वडामा अफ्रिकन स्वाइन फिबरका कारण ९८ वटा बंगुर मरेका छन् । हेटौँडा उपमहानगरपालिका– १ जरुवाटोलमा ९० वटा, वडा नम्बर ११ मा एक र वडा नम्बर १७ हर्नामाडीमा सातवटा बंगुर मरेका हुन् ।

हेटौँडा वडा नम्बर ११ र १७ मा मरेका बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भइसकेको छ । हेटौँडा– १ मा मरेका ९० वटा बंगुरको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन । यद्यपि, पशुसेवा कार्यालय मकवानपुरले जरुवाटोलमा रहेको हेटौँडा आधुनिक कृषि पशुपन्छी तथा माछा फार्ममा पालिएका बंगुर पनि अफ्रिकन स्वाइन फिबरकै कारण मरेको हुन सक्ने जनाएको छ ।

पशुसेवा कार्यालय मकवानपुरका पशु चिकित्सक विजय पौडेलले हेटौँडा– १ चौकीटोलमा रहेको फर्ममा पालिएका बंगुरको नमुना परीक्षणका लागि शनिबार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको छ । उनका अनुसार स्थानीय सूर्यकुमार अधिकारीले सञ्चालन गरेको फर्म रहेका साना र ठुला गरी ९० वटा बंगुर एक हप्ताको बिचमा मरेका थिए । 

पशु चिकित्सक पौडेलले यसअघि हेटौँडा वडा नम्बर ११ र १७ मा मरेका बंगुरमा अफ्रिकन स्वाइन फिबर नै मुख्य कारण भएको जानकारी दिए । हेटौँडा– १ का बंगुर पनि अफ्रिकन स्वाइन फिबरका कारण मरेको हुन सक्ने उनले बताए । मरेका बंगुरमा पाइएको लक्षण अफ्रिकन स्वाइन फिबरसँग मिल्दोजुल्दो रहेको अधिकारीले बताए ।