नेकपा (माओवादी केन्द्र)को धरान उपमहानगर कमिटी सर्वसम्मत रूपमा चयन भएको छ। अन्य पदाधिकारी र सदस्यमा सहमति भए पनि अध्यक्षमा चारजनाको दाबीपछि अधिवेशन चार दिनसम्म लम्बिएको थियो।
अन्ततः अध्यक्षमा उद्धव लिम्बू सर्वसम्मत चयन भएका हुन्। कमिटीलाई सर्वसम्मत बनाउन नेताहरूले भूमिका खेलेको माओवादी केन्द्रीय सदस्य मुक्साङहाङ मेन्याङ्बोले बताए।
लिम्बूको अध्यक्षतामा ६९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। कमिटीको वरिष्ठ उपाध्यक्षमा सिपी बजगाईं तथा उपाध्यक्षहरूमा सुवास खवास, शेषकुमारी घिमिरे र सञ्जुहाङ साँवा छन्।
सचिव भूपाल चाम्लिङ राई, सहसचिव सुमन गहतराज र कोषाध्यक्षमा मिक्मा भोटे चयन भएका छन्।