मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २ मंगलबार o९:२१:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार o९:२१:oo

१. शेखर समूहले किन महाधिवेशनमा ढिलाइको आशंका गरिरहेको छ ?
१४औँ महाधिवेशनमा पार्टी सभापतिमा पराजित हुनुभएकाले उहाँले १५औँ महाधिवेशनको तयारी गर्न थाल्नुभयो । उहाँहरूले संस्थापनले काम कारबाही गर्न सकेन भनेर आफूलाई महाधिवेशन केन्द्रित गर्नुभएको मात्र हो । १४औँ महाधिवेशन पनि सभापतिज्यूले समयमै सम्पन्न गराउनुभएको हो । त्यसका लागि सदस्यता वितरण र नवीकरणका काम प्रक्रियामा छन् । अबको महाधिवेशनमा आफ्ना एजेन्डाका रूपमा संस्थापन पक्षलाई लगाइने आक्षेप मात्रै हो, ढिलाइको आशंका । त्यो पनि शंकाका भरमा मात्र लगाइँदै छ । आफूलाई महाधिवेशनमा संगठित गर्ने आधार बनाइएको मात्र हो यो ।

२. १५औँ महाधिवेशन ०८२ मै हुने निश्चित छ त ?
विधानतः चार वर्षको अवधि हो । ०८२ मा महाधिवेशन गर्न सभापतिज्यूलाई कुनै आपत्ति छैन ।  पदाधिकारीलाई पनि छैन । महाधिवेशनका लागि तयारी गर्दा तल्लो तहबाट गर्दै जानुपर्छ । ०८१ भित्र सदस्यताको काम सकियो भने ०८२ मा महाधिवेशन गर्न सम्भव हुन्छ । तर, यसअघिका सबै सभापतिले प्रत्येक पाँच–पाँच वर्षमै महाधिवेशन गराउँदै आउनुभएको नजिर भएकाले पाँच वर्षलाई नै हामीले सामान्य अवधि मान्ने गरेका छौँ । पाँच वर्षमा कांग्रेसको महाधिवेशन हुन्छ । पाँच वर्षभन्दा पर जाँदैन ।

३. महाधिवेशनको पूर्वसर्त मानिने सदस्यताको काम किन सुस्त देखिँदै छ ?
सदस्यता वितरण र नवीकरणसम्बन्धी कामका लागि महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको समितिले काम गरिरहेको छ । ०८२ मा महाधिवेशन हुन्छ कि हुँदैन भनेर आशंका गर्नुभन्दा ०८२ मै गर्नका लागि सहयोग गर्दा समयमै महाधिवेशन हुने अवस्था आउँछ । भन्नका लागि मात्र भनेर हुँदैन ।