मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
२o८१ पौष २ मंगलबार o९:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्दियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार o९:३७:oo

बर्दियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । कुकुर बिरालोलगायत जंगली जनावरले टोकेमा लगाउनुपर्ने रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राही मारमा परेका छन् । हाल बर्दिया अस्पताल, बारबर्दिया नगर अस्पताल, बाँसगढी नगर अस्पताल र राजापुर प्राथमिक स्वास्थ्य केन्द्रले रेबिजविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराउँदै आएका छन् । समयमै लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले एन्टी रेबिज भ्याक्सिन नपठाउँदा अभाव भएको हो ।

ठाकुरबाबा नगरपलिकाले भने आपूर्ति व्यवस्थापन केन्द्रले नपठाए पनि आफ्नै स्रोतले खरिद गरेको छ । नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा भने रेबिज भ्याक्सिनको अभाव छैन । बर्दिया अस्पताल, गुलरियामा कुकुर वा बिरालोले टोकेर बिरामी रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गए पनि मागअनुसारको भ्याक्सिन नहुँदा समस्या भएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताए । १५ दिनदेखि भ्याक्सिन नहुँदा बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउने बिरामी फर्कने गरेको उनले बताए । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा १० दिनभन्दा बढी समयदेखि भ्याक्सिनको अभाव भएको बताए ।

बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश थारूले रेबिजको भ्याक्सिन सकिएको एक महिना भएको बताए । ‘प्रदेशसँग भ्याक्सिन माग गरे पनि हालसम्म आएको छैन,’ उनले भने । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी सुरेश चौलागाईंले रेबिजको भ्याक्सिन २४ कात्तिकमै सकिएको बताए । ‘१४ कात्तिकमा भ्याक्सिन आएको थियो । १० दिनमनै न सकियो,’ उनले भने ।

ठाकुरबाबा नगपालिकामा लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको भ्याक्सिन दुई महिनाअघि नै सकिएको स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले बताए । ‘स्थानीय तह भ्याक्सिनको अभाव हुन नदिन दुई सय भाइल भ्याक्सिन स्थानीय तहले खरिदसमेत गरिएको छ,’ उनले भने ।