मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ पौष २ मंगलबार o७:३२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिगकाे प्लेअफ समीकरण पूरा

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार o७:३२:oo

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ । प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज तथा कर्णाली याक्सले स्थान बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार काठमाडौं गुर्खाजलाई नेट रनरेटमा झिनो अन्तरले पछि पार्दै कर्णाली प्लेअफ पुग्ने चोथो टोली बनेको हो । अंक तालिकामा सुदूरपश्चिम शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेका छन् । चितवन तेस्रो र कर्णाली चौथो भएका छन् । प्रतियोगिताबाट काठमाडौं, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरिएका छन् ।

सुदूरपश्चिम रोयल्स (जित ६, हार १)
एनपिएलमा सुदूरपश्चिमको प्रदर्शन सानदार रह्यो । सुदूरपश्चिमले सातमध्ये ६ खेलमा जित निकाल्दा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन ग¥यो । दीपेन्द्रसिंह ऐरी मार्की र मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा टोली एक खेलमा पराजित भयो । सुदूरपचिमले विदेशी खेलाडीमा इंग्ल्यान्डका सेफ अली जैव र न्युजिल्यान्डका बलर स्कट कुगेलेइनले सानदार प्रदर्शन गरे । स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनको प्रदर्शन पनि उच्च रह्यो । स्कट  १५ विकेटका साथ धेरै विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा छन् । सर्वाधिक रन बनाउने सूचीमा कप्तान दीपेन्द्रसिंह पाँचौँ स्थानमा छन् । उनले १९८ रन बनाएका छन् ।

जनकपुर बोल्ट्स (जित ५, हार २)
प्लेअफमा पहिलो स्थान बनाउने टोली जनकपुर हो । लगातार चार खेल जिती जनकपुरले प्लेअफको आशा बलियो बनाएको थियो । जनकपुरले विदेशी र नेपाली खेलाडीले सन्तुलित प्रदर्शन गरेका छन् । राष्ट्रिय टोलीका आसिफ सेख र अनिलकुमार शाहसँगै स्पिनर ललित राजवंशी र तीव्रगतिका बलर किशोर महतोले सुरुवाती चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्लेअफमा पुग्दा ललितले १३ तथा किशोरले १० विकेट लिएका छन् । न्युजिल्यान्डका जिमी निसमले सानदर प्रदर्शन गरिरहेका छन् । जनकपुर पाँचौँ खेलमा फर्ममा रहेको सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो ।

चितवन राइनोज (जित ४, हार ३)
एनपिएलमा चितवनको प्रदर्शन उतारचढाव भइरह्यो । सुरुको लगातार दुई खेल जितेको चितवनले त्यसपछि तेस्रो खेल गुमाएको थियो । सुरुमा कमजोर मानिएको चितवनले बिस्तारै गति समायो । पाकिस्तानका पूर्वफास्टबलर सोहेल तनविरले १२ विकेट लिँदै चितवनको बलिङ आक्रमण बलियो भएको प्रस्तुत गरेका छन् । नेपालका रिजन ढकालले १३ विकेट नै लिँदै सोहेललाई साथ दिइरहेका छन् । इंग्ल्यान्डका रवि बोपारा र कप्तान कुशल मल्लले ब्याटिङमा आवश्यक परेको वेला विजयी इनिङ खेलेका छन् । बोपारा दुई सय ३३ रनसहित उच्च रनकर्ताको दौडको दोस्रो स्थानमा छन् ।

कर्णाली याक्स (जित ४, हार ३)
कर्णालीले प्लेअफ स्थान एनपिएलकै अन्तिम खेलसम्म प्रतीक्षा ग¥यो । सुदूरपश्चिमले १२.२ ओभरमा लक्ष्य पूरा नगर्दा कर्णाली रनरेटमा शीर्ष चारमा पुगेको हो । सुदूरपश्चिमले यस ओभरमा जित निकाल्दा काठमाडौंले कर्णालीलाई पछि पार्दै प्लेअफमा पुग्ने थियो । सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर १०५ रन बनाएपछि कर्णालीको भाग्य खुल्यो ।

कर्णालीले एनपिएलमा इन्डियन प्रिमियर लिगमा आबद्ध शिखर धवनलाई भिœयाउँदै सनसनी मचाएको थियो । सुरुको दुई खेल गुमाएको कर्णालीले लगातार चार जित निकाल्दा नै प्लेअफको आशा जीवित राखेको हो । भारतीय खेलाडी धवनले चार खेलमा १३६ रन बनाए । तेस्रो खेलबाट समावेश अस्ट्रेलियाका विलियम बासिस्टोले पाँच खेलमा पाँच खेलमा १२८ रन रन आठ विकेट लिएपछि कर्णालीले लगातार चार खेलमा जित निकालेको हो । ट्यालेन्ट हन्टबाट आएका विपिन शर्माले सात खेलमा नौ विकेट लिइसकेका छन् ।