१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ असोज ४ आइतबार १२:४७:००
Read Time : > 4 मिनेट
फिचर डिजिटल संस्करण

भारतमा कोभिडको प्रभाव : बालविवाह १७ प्रतिशतले बढ्यो

Read Time : > 4 मिनेट
२०७७ असोज ४ आइतबार १२:४७:००

भारतको उडिसाकी १३ वर्षीया रानी आठ कक्षामा पढ्छिन् । कोरोना महामारीकै अवधिमा अभिभावकले धेरैपटक उनलाई विवाह गराउने प्रयास गरे । तर, जतिपटक प्रयास गरे पनि उनले कडा प्रतिवाद गरिरहिन् । अहिले उनी आफैँ बालविवाहविरुद्ध लागेकी छिन् । गत मार्चमा कोरोनाबाट सुरक्षित रहन भारत सरकारले लकडाउन घोषणा ग¥यो । सिंगो देश ठप्प भयो । स्कुलदेखि उद्योग सबै बन्द भए । लकडाउनको एक महिना अवधिमै रानीले धेरै कठिनाइको सामना गरिन् । उनका बाबु क्षयरोगले ग्रसित थिए । औषधि–उपचारका लागि पैसाको अभाव थियो । कोभिड महामारीका वेला परिवार पाल्न नसक्ने जनाउँदै रानीका बाबुले उनलाई बिहे गर्न भनेका रहेछन् । तर, उनले बालविवाह मात्र समस्याको समाधान नभएको उत्तर फर्काइन् । बाबु मान्ने पक्षमै थिएनन् । बाबुको निर्णयबाट उनले धेरैपटक एक्लै अँध्यारो कोठामा आँसु बगाइन् । रानी भन्छिन्, ‘मैले अहिलेसम्म बुझ्न नसकेको कुरा किन यो समाजलाई सधंँ छोरीको विवाह गरिदिन हतार हुन्छ ।’ स्कुल जाने र भविष्य बनाउने समयमा छोरीहरूलाई किन सानै उमेरमा विवाहबन्धनमा बाँध्न बाध्यकारी बनाउने ? उनको प्रश्न छ । भन्छिन्, ‘के विवाह नै अहिलेको आवश्यकता हो, यो उमेरमा स्कुल जाने हो, धेरै पढेर राम्रो मान्छे बन्ने समय हो, यसका साथै स्वतन्त्रपूर्वक जीवन बिताउने समय पनि हो ।’ 

भारतमा १८ वर्षमुनिको विवाहलाई अवैधानिक मानिन्छ । अर्थात् योभन्दा कम उमेरमा विवाह हुनेलाई राज्यले गैरकानुनी कार्य भन्ने गरेको छ । जनसंख्याको हिसाबले दोस्रो ठूलो देश भारतमा प्रत्येक वर्ष असंख्य बालविवाह हुने गर्छन् । बालबालिकाको जनसंख्याका आधारमा भारत संसारकै तेस्रो ठूलो राष्ट्र हो । युनिसेफका अनुसार भारतमा प्रत्येक वर्ष एक करोड ५० लाखको संख्यामा बालविवाह हुने गरेको छ । यो वर्ष भारतमा बालविवाह अकासिएको युनिसेफको तथ्यांकले देखाएको छ । कोभिडको महामारीको समयमै भारतमा बालविवाह १७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको जुन र जुलाईभन्दा यस वर्ष बालविवाह बढेको युनिसेफले जनाएको छ । 

भारतमा कोभिड र लकडाउनका कारण मार्चदेखि जुन महिनासम्म लाखौँ जनताले काम गुमाए । गरिबीको रेखामुनि रहेका जनताको आर्थिक अवस्था झनै नाजुक भयो । भारतमा दश करोड युवा बेरोजगार भएका छन् । यो लकडाउनको समयमा कामविहीन भएका धेरैजसो कामदार आ–आफनो घर फर्किए । यीमध्ये रानीका बुबा पनि कामविहीन कामदार हुन् । दिनमा दुई छाक खान नपुग्ने, आफ्नो रोगको उपाचार गर्न नसक्ने, परिवारको संख्या धेरै भएकाले चरम आर्थिक भार कम गर्न नै उनले छोरीको विवाह गर्न खोजेका थिए । यस्तो अवस्था रानीको परिवार मात्र होइन अन्यत्र पनि छ । आर्थिक अवस्थाले जर्जर र दयनीय परिवारले कोभिडको समयमै धमाधम सानैमा छोरीको विवाह गरिदिएको युनिसेफले जनाएको छ । 

छोरीको विवाह गर्दा धेरै खर्च हुन्छ । आफ्नो हैसियतभन्दा बढी रकम खर्चनुपर्छ । तर, कोभिडको समयमा सरकारले भोजभतेर, विवाह तथा समारोह नगर्न भनिएको छ । गर्नैपरेमा निकै सामान्य गर्नुपर्छ । यही मौकामा आर्थिक रूपले कमजोर परिवारले बालविवाहलाई तीव्रता दिएको देखिएको छ । महाराष्ट्र राज्यको महिला तथा बाल कल्याणकी सहायक कमिस्नर मनीषा बरायिस कोभिडको अवधिमै थोरै खर्चमै बालविवाह भएको बताउँछिन् । मनीषा भन्छिन्, ‘यो सहज तरिका हो, कोभिडको कारण देखाउँदै थोरै खर्चमा छोरी वा छोराको विवाह गर्ने क्रम बढेको छ ।’ 

                                                                 ००००००
भारत सरकारले जुनमा लकडाउन खुलायो । अझै पनि धेरै कामदार नियमित काममा फर्कन पाएका छैनन् । स्कुल बन्द नै छ । बेतलबीमा काम गर्नुपर्ने बाध्यता छ । अर्कोतिर स्कुल एउटा यस्तो माध्यम हो, जसले समाज परिवर्तन गर्न मद्दत पु¥याउँछ । अन्धविश्वासले कब्जा जमाएको समाजमा शिक्षित वर्गले धेरै योगदान दिन सक्छन् । भारतको उडिसामा यस्तै वर्गले अधिपत्य जमाएको छ । जहाँ रानीजस्तै धेरै कलिला बालिका बालविवाहको चपेटामा परेका छन् । उडिसामा अझै पनि छोरीहरूले स्कुलमा केटा मानिससँग बोल्नुहुँदैन भन्ने चलन छ । यद्यपि छोरीलाई स्कुल पठाए पनि समाजको नियमभन्दा बाहिर जान नमिल्ने धारणा राख्ने जमात धेरै छ । ‘आर्थिक रूपले दयनीय परिवारको छोरीलाई शिक्षित बनाउने मानसिकता नै छैन, उनीहरूले छोरीहरूलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने विचारै गरेका छैनन्,’ भारतमा युनिसेफकी कर्मचारी समिता खान्जाउले भनिन्, ‘एकपटक स्कुल छाडेपछि उनीहरूलाई स्कुल फर्कन धेरै गाह्रो छ, आमाबुबाहरूलाई छोरीलाई स्कुल पठाउनुपर्छ भनी सम्झाउने कठिन कार्य हो ।’ 

यसै वर्ष रानीको अति मिल्ने साथीको विवाह भयो । तर, उनले आप्mनो विवाह मात्र रोकिनन्, छरछिमेकमा हुन लागेको बालविवाहविरुद्ध अवरोध सिर्जना गरिन् । रानीले यस कार्यका लागि तत्कालै राष्ट्रिय हेल्पलाइनको सहयोग लिइन् । हेल्पलाइनले स्थानीय एनजिओ तथा प्रहरीको सहयोगमा बालविवाह रोक्न मद्दत ग¥यो । प्रहरीले बालविवाह स्पटमै पुगी कार्यक्रम रोकेको थियो । 

तर, बालविवाहविरुद्ध लागेकी रानीको बुबाको लकडाउनकै बीचमा निधन भयो । केही समय उनी दुःखी र कमजोर बनिन् । तर, आत्मविश्वासी रानीले बुबाको मृत्युपछि आफ्नो अभियान यथावत् नै राखेकी छिन् । अहिले उनमा स्कुल गएर पढ्ने इच्छा छ । भन्छिन्, ‘बुबाको निधनले हाम्रो छाना नै खस्यो, अब जे हुनु भइसकेको छ, मेरो भित्री इच्छा भनेको स्कुल जाने हो, स्कुलमा धेरै पढ्नु र मिहिनेत गर्नु छ ।’ बुबापछि घरपरिवार सम्हाल्ने जिम्मेवारी आफूमाथि नै आएको रानीले बताइन् । ‘हो, मेरो बुबा अब यो संसारमा हुनुहुन्न, उहाँपछि घर हेर्ने जिम्मेवारी मेरै काँधमा आएको छ,’ रानीले थपिन्, ‘मेरी आमा गृहिणी हुनुहुन्छ, उहाँलाई केही पनि थाहा छैन, यसकारण अब म नै घर चलाउनेछु ।’ 


                                                               ०००००००
एक अध्ययनअनुसार कोभिडको समयमा असंख्य बालबालिका कारखानामा काम गरिरहेका छन् । यो समयमा बाल शोषण तथा तस्करी बढेको एजेन्सीहरूले दाबी गरेका छन् । भारतमा सन् २०१० मा १० लाख बालबालिका विद्यालय नगई ज्यालादारीमा काम गरेका थिए । अहिले यो संख्या बढेर दुई करोड ६० लाख पुगेको छ । लकडाउनको समयमा मध्यम तथा ग्रामीण क्षेत्रका परिवारले आर्थिक समस्या टार्न आफ्ना छोराछोरीलाई काममा लगाउने विकल्पका रूपमा रोजेको रिक्साचालक पंकज लाल बताउँछन् । उनको रिक्सा चलाएरै दैनिक जीवन बित्छ । अहिले लकडाउनमा आर्थिक अवस्था नाजुक भएकाले उनले १३ वर्षे छोरा स्कुल पठाउन सकेका छैनन् । उनले आफ्नो पाँच छोरालाई बालमजदुरीमै लगाएका छन् । कहिलेकाहीँ पंकजले छोरालाई नै रिक्का चलाउने दिन्छन् । यसै महिना उनले बिहारबाट राजस्थानसम्म १० वर्षीय छोरालाई चुरा बनाउने उद्योगमा काम लगाए । बिहारदेखि राजस्थान एक हजार किलोमिटर टाढा छ । 

छोराले अहिले मासिक पाँच हजार भारु घरमा पठाउने गरेको उनले सुनाए । उनको प्रतिमहिना औसत ६८.५२ पाउन्ड कमाइ छ । सानै छोराको कमाइले अहिले घर चलाउनुपरेको पंकजले बताए । भन्छन्, ‘के गरौँ मसँग योबाहेक अरू विकल्प नै छैन, खेल्ने र पढ्ने उमेरमै छोराहरूलाई काममा लगाउनुपरेको छ, अझ यो लकडाउनले गर्दा दैनिक खानाकै समस्या छ, यसैकारण मैले एक छोरालाई राजस्थानमा चुरा बनाउने कारखानामा पठाएको हुँ ।’ लकडाउनको समयमा तस्कर समूहले समस्यामा परेको परिवारका बालबालिकालाई काममा लगाउन सयौँ किलोमिटर टाढासम्मको कारखानामा काममा लगाएको पाइएको छ । यो समूहले चोर बाटो प्रयोग गरी त्यस्ता बालकलाई न्यून पारिश्रमिकमै काममा लगाएका छन् । प्रहरी प्रशासनलाई झुक्याउन बालकहरूलाई राम्रो लुगा लगाएर बसमा यात्रा गराउँदै गन्तव्यसम्म पु¥याउने गरेका थिए । ‘हामीले केही संख्यामा तस्करी भएका बालबालिकालाई उद्धार गरेका छौँ,’ राजस्थानमा एक एनजिओका अधिकृत सुरेश कुमार भन्छन्, ‘यो लकडाउनमा दोब्बरमा संख्या बालबालिका तस्कर भएको छ ।’

–एन्जेसीको सहयोग