
कोभिड– १९ को महामारीमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
हस्पिटेक इन्टरप्राइजेज प्रालि र त्यसका सञ्चालक विशाल पण्डितसहितलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो।
कोशी अस्पतालमा उपकरण खरिदमा भ्रष्टाचार भएको अख्तियारको दाबी छ। अनियमिततामा संलग्न भएको आरोपमा अख्तियारले कुशल दाहाल, चन्द्रदेव मेहता, डम्बरसिंह विश्वकर्मा, उदेशकुमार श्रेष्ठ र मनोजकुमार आचार्य प्रतिवादी छन्।