मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २९ बिहीबार २३:३७:oo
Read Time : < 1 मिनेट
विश्व

युक्रेनसँग युद्धविरामका लागि पुटिन सहमत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार २३:३७:oo

युक्रेनसँग युद्धविरामका लागि रुस सहमत भएको छ। रसियन राष्ट्रपति भ्यादिमीर पुटिनले ३० दिने युद्धविरामका लागि आफु तयार भएको तर युद्धको कारण खोजिनुपर्ने र स्थायी शान्तिको ग्यारेन्टी हुनुपर्ने बताएका छन् । 

अमेरिकी सरकारको पहलमा रुस र युक्रेनबिच युद्धविराम हुन लागेको हो। अमेरिका र युक्रेनबिच केही दिनअघि साउदी अरेबियामा भएको वार्तामा युद्धविरामसम्बन्धि प्रस्तावमा युक्रेनले सहमति जनाएको थियो। 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुटिनले युक्रेनसँगको युद्ध रोकिनुपर्नेमा आफु सहमत भएको तर यसले ‘दीर्घकालिन शान्ति’को सुनिश्चितता हुनुपर्ने बताएका छन्। 

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोका महासचिव मार्क रुटसँग भेटवार्ता गरेका छन्। ह्वाइट हाउसमा भएको घेटवार्तामा रसिया–युक्रेन युद्धकै विषयमा छलफल भएको छ। युक्रेनले नाटोको सदस्यता प्रक्रिया अघि बढाएपछि रुसले युक्रेनमाथि आक्रमण गरेको थियो।