मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत १९ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १९ सोमबार १३:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२९ प्रतिशतले बढे विदेशी पर्यटक, कोभिडयताकै उच्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार १३:२२:oo

यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन्।

नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्चको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो।

गत वर्षको मार्चमा कुल ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन्।

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। भारतबाट सो अवधिमा ३० हजार ६ सय ९८ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३ र बेलायतबाट सात हजार दुई सय ४१ जना, श्रीलंकाबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन्। 

क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क)बाट ४० हजार सात सय २७, एसिया (अन्य)बाट २८ हजार ६ सय ४८, युराेपबाट २७ हजार पाँच सय ८२, ओसनियाबाट चार हजार सात सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६ सय १४ जना पर्यटक नेपाल आएका छन्।

यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार ६ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जुन ३३.७८ प्रतिशतले बढी हो।