काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक गरिएको विवरणमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२, सिटबेल्ट प्रयोग नगर्ने ३९, रातो बत्ती उल्लंघन गर्ने २०, तीव्र गतिमा सवारी चलाउने ५७ र हेलमेट प्रयोग नगर्ने आठ सवारीचालक कारबाहीमा परेका छन्।
त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने तीन, अवस्था ठिक नभएको सवारी चलाउने दुई र अन्य कसुरमा १०५ सवारीसाधनमाथि कारबाही गरिएको विवरणमा उल्लेख छ। ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न ट्राफिक नियम पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।