Skip This
डब्लुएचओद्वारा कोभिड निगरानीका लागि विश्वव्यापी सञ्जाल सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Friday, 26 July, 2024
२o८o चैत १५ बिहीबार १६:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

डब्लुएचओद्वारा कोभिड निगरानीका लागि विश्वव्यापी सञ्जाल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १६:१३:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्स–कोभ–२, मर्स–कोभ र नोबेल कोरोना भाइरस– १९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ। विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो। 

सुरुवाती चरणमा, कोभिड– १९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोना भाइरससमेतका भाइरसमा ध्यान केन्द्रित गर्नेछ। 

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोना भाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रूपमा कार्य गर्नेछ। हाल डब्लुएचओका सबै ६ क्षेत्रहरूअन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालालाई नेटवर्कमा समावेश गरिएको छ। 

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४–२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मंगलबार र बुधबार जेनेभामा भेला भएका थिए।

कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्यांकन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताए।