सन् २०१६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक टिभी सम्बोधनमार्फत देशमा चल्तीमा रहेका ५०० र हजार दरका नोट सोही दिन मध्यरातबाट नचल्ने (नोटबन्दी) घोषणा गरे । भ्रष्टाचार रोक्न भन्दै चालिएको यस कदमले देशमा प्रयोगमा रहेका ८६ प्रतिशत नोट निष्प्रभावी बनाइदियो ।
सन् १८८९ : मोन्टाना अमेरिकाको ४१औँ राज्य बन्यो ।
सन् १८९५ : जर्मन भौतिकशास्त्री विल्हेम कोनराड रोन्टजनले एक्सरेको आविष्कार गरे । आविष्कारका लागि उनले भौतिकशास्त्रतर्फको पहिलो नोबेल पुरस्कार जित्न सफल भए ।
सन् १९३९ : जर्मनीका तानाशाह एडोल्फ हिटलरको असफल हत्या प्रयास । म्युनिखस्थित बियर हलमा सम्पन्न कार्यक्रममा भाग लिन गएका हिटलरलाई मार्न जर्ज एलसरले टाइम बम राखेका थिए । तर, सो बम हिटलर कार्यक्रमस्थलबाट बाहिरिएको १३ मिनेटपछि मात्र पडकिँदा हिटलर बाँचे । तथापि, आठजनाको ज्यान गयो ।
सन् १९६० : अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोन एफ केनेडीले तत्कालीन उपराष्ट्रपति रिचर्ड निक्सनलाई पराजित गरे ।
सन् २००२ : संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले सर्वसम्मत रूपमा ‘रिजोलुसन् १४४१’ पारित गर्यो । यसले इराकलाई निःशस्त्रीकरणका लागि अन्तिम अवसर दिएको थियो । त्यो पालना नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।
सन् २००५ : लाइबेरियामा आजकै दिन भएको निर्वाचनमा एलेन जोनसन–सरलिफ निर्वाचित भइन् । उनी अफ्रिकी महादेशकी पहिलो महिला राष्ट्रपति हुन् ।
सन् २०१६ : डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकाको राष्ट्रपति बने । इलोक्टोरल कलेजका आधारमा ट्रम्पले चुनाव जितेको भए पनि क्लिन्टनले ट्रम्पको भन्दा झन्डै ३० लाख बढी लोकप्रिय मत पाएकी थिइन् ।
सन् २०१७ : संयुक्त अरब एमिरेट (युएई)मा अरबियन प्रायद्वीपकै सबैभन्दा ठुलो संग्रहालय ‘लुभ्र अबु धाबी’को उद्घाटन भयो ।
सन् २०१८ : चीनको सरकारी समाचार एजेन्सी ‘सिहन्वा’ले विश्वमा पहिलोपटक ‘एआई’ समाचारवाचकमार्फत समाचार प्रसारण गर्यो ।
सन् २०२३ : युरोपेली अन्तरिक्ष दूरदर्शकयन्त्र ‘युक्लिड’ पहिलोपटक एउटै एक्स्पोजरमा सम्पूर्ण आकाशगंगाको तस्बिर खिच्न सफल भयो ।