सन् २०१५ : पेरिसका विभिन्न स्थानमा इस्लामिक स्टेट (आइएस)ले गरेको बम विस्फोटमा सात आक्रमणकारीसहित १३७ जनाको मृत्यु भयो ।
सन् १८५१ : लन्डनदेखि पेरिसबिच समुद्रमुनि केबल बिछ्याएर टेलिग्राफ सेवा सुरु । समुद्रमुनि बिछ्याएको केबलमार्फत सुचारु भएको यस सेवालाई इन्जिनियरिङमा ठुलो सफलताको रूपमा हेरिएको थियो ।
सन् १८८७ : बेरोजगारी र आइरिस दमन अन्त्य गर्ने माग राख्दै लन्डनमा दसौँ हजारले गरेको प्रदर्शनमाथि भएको ठुला प्रहरी दमनलाई ‘ब्लडी सन्डे’का रूपमा सम्झना गरिन्छ ।
सन् १९०७ : पल कोर्नोले पहिलो सफल हेलिकोप्टर उडान गरे । कोर्नोको हेलिकोप्टर २० सेकेन्डका लागि जमिनबाट १२ इन्च माथि उडेको थियो । पछि उनले आफ्नो मोडलमा उल्लेख्य सुधार गरे ।
सन् १९५६ : अमेरिकी सर्वोच्च अदालतले सार्वजनिक सवारीसाधनमा अश्वेत र श्वेतलाई अलग सिटको व्यवस्था गर्ने अभ्यास असंवैधानिक भएको तल्लो अदालतको फैसलालाई सदर गरिदियो । योसँगै अश्वेत अभियन्ता रोसा पार्कले श्वेतका लागि छुट्याएको सिट छाड्न प्रतिरोध गरेपछि चर्किएको प्रकरण अन्त्य भयो ।
सन् १९८५ : कोलम्बियाको नेभाडो डेल रुइजमा भएको ज्वालामुखी विस्फोटमा २३ हजारको ज्यान गयो ।