१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ असोज ४ आइतबार ११:३६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बेलले टोटनह्याममा नाै नम्बर जर्सी लगाएर खेल्ने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज ४ आइतबार ११:३६:००

अन्ततः वेल्सका स्ट्राइकर गेराथ बेल लोनमा इंग्लिस क्लब टोटनह्याम आएका छन् ।

शनिबार दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । टोटनह्याममा बैलले नौ नम्बर जर्सी लगाउने छन् ।
टोटन्हयामले बेलको नाै नम्बर जर्सी सार्वजनिक गरेको छ । सात वर्षपछि बेल टोटनह्याममा फर्किएका हुन् । 

सन् २०१३ मा उनी रियल म्याड्रिडमा कीर्तिमानी रकममा आठ करोड ५० लाख पाउन्डमा पुगेका थिए । 
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँग सम्बन्ध राम्रो बनाउन नसक्दा बेलले इंग्लिस क्लबमै फर्किने इच्छा देखाएका थिए । 

पछिल्लो दुई–तीन वर्षदेखि बेलले इंग्लिस क्लब फर्कने योजना बनाएका थिए । उनको यो इच्छा यसपटक मात्र पूरा भएको छ । 

बेल र टोटनह्यामबीच कति रकममा सम्झौता भयो भन्ने केही खुलाइएको छैन । उनले इंग्लिस क्लबबाट वार्षिक १३ मिलियन पाउन्ड पारिश्रमिक रूपमा पाउने छन् । टोटनह्यामले बेलसँगै रियलका अर्का खेलाडी सर्जियो रेगुइलोन पनि भित्र्याएको छ । 

बेलले रियलमा सात वर्ष बिताउँदा सयभन्दा बढी गाेल गरेका छन् । रियलकै जर्सीमा उनले चारपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका थिए । पुरानै क्लबमा फर्कन पाउँदा निकै खुसी लागेको बेलले बताएका छन् । 

‘पुनः टोटनह्यामै फर्कन पाउँदा खुसी लागेको छ, यो क्लब मेरो जीवनमा विशेष छ,’ बेलले भने, ‘यही क्लबले नै मलाई फुटबलमा स्थापित गराएको हो ।’ 

बेलले इंग्लिस क्लबबाट उपाधि जित्ने मनोकांक्षा पूरा हुने बताए ।

‘मलाई विश्वास छ, यहाँ मेरो उपाधि जित्ने सपना पूरा हुनेछ,’ उनले भने । 

बेलले स्पेनिस क्लबमा रहँदा दुई ला लिगा, एकपटक कोपा डेल रे, तीनपटक युइएफए सुपर कप तथा तीनपटक क्लब विश्वकप उपाधि जितेका थिए । रियलमा उपाधि जित्ने बानी बसालेका बेलले टोटनह्याममा पनि यस्तै हुने बताएका छन् । 

‘रियलमा जाँदा उपाधि जित्ने भोको थियो, मैले त्यहाँ सपना पूरा गरेँ, अब टोटनह्याममा पनि यस्तै गर्ने योजनामा छु,’ उनले भने, ‘मानसिक रूपमै उपाधि जित्न अभियानका साथ आएको छु ।’ 

टोटनह्यामले बेलको प्रतिसाता पारिश्रमिक घोषणा गरेको छैन । रियल म्याड्रिडमा रहँदा उनले प्रतिसाता ६ लाख पाउन्ड लिन्थे । टोटनह्यामबाट रियलमा अनुबन्ध हुँदा उनको प्रतिसाता पारिश्रमिक तीन लाख पाउन्ड थियो । 

३१ वर्षीय बेलले रियलमा दुई सय ५१ खेलमा एक सय पाँच गोल गरेका थिए । सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा बेलले लिभरपुलविरुद्ध निर्णायक गोल गरेका थिए । 

बेलले रियलमा रहँदा जितेका उपाधि 
प्रतियोगिता                          उपाधि
च्याम्पियन्स लिग                २०१४, २०१६, २०१७, २०१८
स्पेनिस ला लिगा                  २०१६–१७, २०१९–२०
कोपा डेल रे                          २०१४
युइएफए सुपर कप                 २०१४, २०१६, २०१७
क्लब विश्वकप                      २०१४, २०१७, २०१८