१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एस्टोन भिल्लासँग टोटनह्याम पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४२:oo

इंग्लिस प्रिमियरसिप लिगमा एस्टोन भिल्लाले टोटनह्यामलाई २–१ ले हराएको छ । जितसँगै भिल्ला २८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । हारका कारण टोटनह्यामले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । टोटनह्यामले १३ खेलबाट २६ अंक जोडेको छ । भिल्लाले टोटनह्यामलाई चौथो स्थानमा २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानमा रहेको आर्सनलले ३० अंक बटुलेको छ । लिगको साबिक विजेता म्यानचेस्टर सिटीले १३ खेलबाट २९ अंक हात पारेको छ । सिटी दोस्रो स्थानमा छ । लिभरपुल २८ अंकका साथ तेस्रो स्थानमा छ । 

टोटनह्यामले भिल्लाविरुद्ध सुरुवाती अग्रता लिएको थियो । टोटनह्यामले अग्रता रक्षा गर्न नसक्दा नै महत्वपूर्ण अंक गुमाएको हो । खेलको २२औँ मिनेटमा लो सेल्सोले टोटनह्यामलाई १–० को अग्रता दिलाए । लो सेल्सोले पोरोको सटीक क्रममा गोल गरेका थिए । पहिलो हाफको सात मिनेट इन्जुरी समयको अवधिमा भिल्लाले १–१ को गोल बराबरी फर्काएको थियो । टोरेसले डिबक्सभित्र सहजै गोल गर्दा भिल्ला बराबरीमा पुगेको हो । उनले डगलसको पासमा गोल गरेका थिए । 

पहिलो तुलनामा दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । टोटनह्याम र भिल्लाले आक्रामक खेल प्रस्तुत गरेका थिए । दुवै टोलीका खेलाडीले मध्यान्तरपछि सहज गोल अवसर खेल फाले । खेलको ६१औँ मिनेटमा वाट्किन्सले भिल्लालाई २–१ को स्थितिमा राखे । उनले टिलेमेन्सको पासमा गोल गरेका थिए । खेलमा टोटनह्यामले बल पोसेसन राम्रो बनाएको थियो । टोटनह्यामले ६२ प्रतिशत र भिल्लाले ३८ प्रतिशत बल पोसेसन राखे । टोटनह्यामले १८ र भिल्लाले १५ पटक सट प्रहार गरेका थिए । 

सिटी र लिभरपुल बराबरी
म्यानचेस्टर सिटी र लिभरपुलले शनिबार १–१ को बराबरी खेलेका छन् । सिटीको घरेलु मैदानमा लिभरपुलले अन्तिम दश मिनेट बाँकी छँदा बराबरी गोल फर्काएको थियो । सिटीका लागि हाल्यान्डले खेलको २७ मिनेटमा १–० को अग्रता दिलाए ।

उनले लिभरपुलका गोलरक्षकको गल्तीमा गोल गरेका हुन् । हाल्यान्डले प्रिमियर लिगमा सर्वाधिक छिटो ५० गोलको कीर्तिमान बनाएका छन् । उनले ४८ खेलमा ५० गोल गर्ने कीर्तिमान बनाए । उनीअघि एन्ड्र्यु कोलले ६५ खेलमा ५० गोल पूरा गरेका थिए । लिभरपुलका अलेक्जेन्डर अर्नोल्डले ८० मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

अन्तिम मिनेटमा आर्सनलको गोल
आर्सनलले शनिबार राति ब्रेन्फोर्डलाई १–० ले पराजित ग¥यो । जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो । आर्सनलको जितमा काई हाभार्टले खेल सकिन एक मिनेट बाँकी रहँदा एक मात्र विजयी गोल गरेका थिए । उनले बुकायो साकाले दिएको पासमा गोल गरेका हुन् । पहिलो हाफमा आर्सनलका लियोन्ड्रो ट्रोसार्डको गोललाई भिएआरले 
मान्यता दिएन ।

ad
ad