१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आराम गर्न नपाउँदै केन टोटनह्यामको ड्युटीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:४६:oo

कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको इंग्ल्यान्डका कप्तान ह्यारी केन आराम नै नगरी टोटनह्यामको ड्युटीमा फर्कने भएका छन् । इंग्लिस टोली आइतबारै घर पुगिसक्यो । परिवारसँग दुई दिन बिताएका केन यसै सातादेखि अभ्यासमा फर्केने बिबिसीले जनाएको छ । इंग्लिस प्रिमियरसिप क्लब टोटनह्यामले १९ डिसेम्बरदेखि प्रशिक्षणमा खेलाडीलाई डाकेको छ । 

टोटनह्यामकै अर्का खेलाडी रिचार्लिसनले भने तीन साताको ब्रेक पाएका छन् । ब्राजिल पनि विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । क्रोएसियासँगको क्वार्टरफाइनलमा चोट बोकेका रिचार्लिसनको घुँडामा चोट लागेको छ । खेलको ८४औँ मिनेटमा उनी क्रोएसियासँगको खेलमा चोटग्रस्त भएका थिए । केनले विश्वकपको पीडा भुलाउन अलि समय माग गरेका थिए । तर, टोटनह्यामले इंग्लिस प्रिमियरसिपमा दाबेदारी प्रस्तुत गर्न उपलब्ध भएका खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

बक्सिङ डेमा टोटनह्यामले घरेलु मैदानमा एस्टोन भिल्ला र क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ । टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेले चोटग्रस्त खेलाडीलाई आराम समय दिएको बताए । तर, फर्ममा रहेका खेलाडीलाई टिम सेट बनाउन बोलाएको जनाएका छन्  । उनले ब्राजिलियन खेलाडी रिचार्लिसन छिटै आबद्ध हुने जनाए । विश्वकपमा रिचार्लिसनले तीन गोल गरेका थिए ।

ad
ad