मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ६ बुधबार ०७:३३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीको चाहना विश्व च्याम्पियन जर्सीबाट खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ६ बुधबार ०७:३३:००

मेसीले कतार विश्वकपको फाइनलको अघिल्लो दिन फ्रान्सविरुद्धको उपाधि भिडन्त नै अन्तिमपटक राष्ट्रिय टोली खेल्ने घोषणा गरेका थिए । त्यसको अर्थ थियो, मेसीले फाइनल खेलसँगै अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने र क्लबस्तरीयलाई निरन्तरता दिने । लुसेल रंगशालामा अर्जेन्टिना विश्वकप च्याम्पियन भएपछि मेसीले सन्न्यास लिने अनुमान थियो । तर, उनले तत्काल यो योजना नरहेको स्पष्ट पारेका थिए । 

विश्व च्याम्पियन बनेर घर फर्कंदा मेसीले आफ्नो योजना परिवर्तन गरेका छन् । अब मेसीलाई विश्व च्याम्पियन खेलाडीका रूपमा अर्जेन्टिनी जर्सीमा खेल्न मन छ । स्थानीय पत्रकारलाई मेसीले भने, ‘अब तत्काल सन्न्यास लिने पक्षमा छैन, विश्व च्याम्पियन भएको जर्सीबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने इच्छा छ ।’

आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउने लक्ष्य पूरा भएको उनले बताए । ‘मेरै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप ट्रफी जित्ने लक्ष्य पूरा भएको छ,’ मेसीले भने, ‘अब विश्व च्याम्पियन खेलाडीका रूपमा खेल्न बाँकी छ ।’