१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ भदौ १५ सोमबार १२:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा जारी निषेधाज्ञा थप कडाइ

Read Time : < 1 मिनेट
२०७७ भदौ १५ सोमबार १२:३४:००

धनकुटामा जारी निषेधाज्ञा थप कडा पारिएको छ । दोस्रोपटक थप गरी भदौ ११ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म थप कडा पारिएको हो ।

कोरोना भाइरसको परीक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परीक्षणको नतिजाअनुसार धनकुटामा १३ जना प्रहरीसहित १९ जनामा संक्रमण देखिएको र उनीहरूको कन्ट्याक्ट र ट्रेसिङको कार्य भइरहेकोले संक्रमण समुदायस्तरमा फैलन नदिनका लागि निषेधाज्ञालाई थप कडा पारिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताए ।

निषेधाज्ञा कडा पारिएसँगै धनकुटा बजारमा सुरक्षा व्यवस्था कडा गरिएको छ । यसअघि लागू गरिएको निषेधाज्ञामा दैनिक बिहान ७  बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म दैनिक उपभोग्य खाध्य सामग्री र अन्य अत्यावश्यक सामग्री स्वास्थ्य प्रोटोकलको पालन गर्दै खरिद–बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो । 

तर, निषेधाज्ञा कडाइ गरिएसँगै भदौ १७ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुको पसल खुला गर्न पाउने  निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी बिमलीले बताए । यो समयमा औषधि पसलबाहेकका कुनै पनि पसल तोकिएको समयबाहेक खुला रहने छैनन् ।

त्यस्तै सरकारी कार्यालयहरू सकेसम्म विद्युतीय माध्यमद्वारा वा ५० प्रतिशत कर्मचारीलाई सहभागी गराएर सञ्चालन गर्न पाउनेछन् भने वित्तीय संस्था तथा बैंकहरू विद्युतीय सेवाबाहेक अन्य गर्न नपाउने निर्णय गरिएको छ ।

यता सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामबाहेक पूर्ण रूपमा निषेध गरिएको छ भने अन्य कर्मचारीहरूलाई सम्बन्धित कार्यालयको कार्ड लगाएर मात्र हिँडडुल गर्ने व्यवस्था गरिएको छ ।