१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ७ बुधबार १२:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनकुटाको राजारानीमा रारा गोल्डकप हुने

Read Time : < 1 मिनेट
२०८० चैत ७ बुधबार १२:४६:००

धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी जेठमा रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले १० देखि १६ जेठसम्म प्रतियोगिता सञ्चालन गर्ने भएको हो । 

प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रचार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको रारा फुटबल क्लबका निवर्तमान सचिव युवराज कटुवालले जानकारी दिए । प्रतियोगिताको यो ११औँ संस्करण हो । 

यसअघि गत २२ देखि २८ वैशाखसम्म १०औँ संस्करणको प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा २९ लाख ६४ हजार ६ सय २० आम्दानी र २७ लाख ५७ हजार तीन सय ८० रुपैयाँ खर्च भएको विवरण आयोजकले सार्वजनिक पनि गरेको छ ।

यसपटक प्रतियोगिताको पुरस्कार राशि वृद्धि गर्ने निर्णय पनि भएको छ । तर, कति वृद्धि गर्ने भन्ने टुंगो भने भएको छैन । यसअघि विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख पुरस्कार प्रदान गरिएको थियो । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।

यसैबीच, क्लबको सम्पन्न साधारणसभाले रारा फुटबल क्लबको १३ सदस्यीय नयाँ समिति निर्माण गरेको छ । साधारणसभाले क्लबका अध्यक्ष मणि चेम्जोङलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा देवीबहादुर राई र राजेश निरौला, सचिवमा जीवन कटुवाल, सहसचिवमा डेकेन्द्र थापा र कोषाध्यक्षमा परमाया राई चयन भएका छन् ।