१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पुलिसलाई हराउँदै धनकुटाको राजारानी क्वार्टरफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:५९:oo

नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै धनकुटाको राजारानी फुटबल क्लब हेटौँडामा जारी छैटौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । पहिलो हाफमा राजारानीलाई रोकेको पुलिस क्लब दोस्रो हाफमा भने सम्हालिन सकेन । राजारानीको जितमा विदेशी खेलाडी अजायी मार्टिन्स र सुशील लामाले गोल गरे ।

खेलको ५३औँ मिनेटमा मार्टिन्सले हेडर गोल गर्दै राजारानीलाई अग्रता दिलाएका थिए । ११ मिनेटपछि सुशीलले अग्रता दोब्बर पारे । खेलको म्यान अफ द म्याच घोषित मार्टिन्सले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ युवा खेलाडीलाई समेटेर टिम बनाउँदा खेलाडीबीच तालमेलको अभाव भएकाले पराजय व्यहोर्नुपरेको बताए । राजारानीका प्रशिक्षक सविन अधिकारीले पुलिससँगको जितले टिम निकै उत्साही भएको प्रतिक्रिया दिए । 

१२ टोलीको सहभागिता रहेको प्रतियोगिता २७ माघसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । शनिबार न्युरोड टिम एनआरटी र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ad
ad