Skip This
उपनिर्वाचनको तयारी पूरा, आज मतदान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
मतदानका लागि तयारीमा रहेको इलाम १ स्थित नेपालटार माध्यमिक विद्यालयको मतदान केन्द्र
२o८१ बैशाख २६ बुधबार o५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनको तयारी पूरा, आज मतदान 

इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तथा बझाङ (१) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा आज मतदान हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o५:५५:oo

इलाम २ र बझाङ प्रदेश (१) मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । 

एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

६१ हजार सात सय ४८ मतदाता रहेको बझाङ प्रदेश (१) मा दलबाट १२ जनाको उम्मेदवारी परेको छ । ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा ६ सय ५१ कर्मचारी र एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न मतदातालाई अपिल गरेको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालनामा विशेष सजगता अपनाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए । ‘निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको छ,’ उनले भने । 

आयोगले मतदानको दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर–त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौँडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्न खोज्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्न भनिएको छ ।

ad
ad