मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ४ बिहीबार o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यार्थीबिच ‘द कन्टेन्ट मास्टर्स’ तथा डिजिटल मार्केटिङसम्बन्धी प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार o९:२८:oo

विभिन्न विद्यालयका विद्यार्थीको सहभागितामा डिजिटल मार्केटिङसम्बन्धी ‘द कन्टेन्ट मास्टर्स’ प्रतियोगिता सम्पन्न भएको छ । सुजुकी मोटर्स, सुबिसु केबल नेट, द प्लाजा होटृल र वेबस्टार युनिभर्सिटीको संयुक्त आयोजनामा अन्तरविद्यालय प्रतियोगिता सम्पन्न भएको हो ।

वर्तमान समय डिजिटल मार्केटिङको भएको र विद्यार्थीलाई यसबारे सिकाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता व्यवस्थापक अनिल चौधरीले बताए । उनका अनुसार मार्केटिङ गर्दा केमा ध्यान दिने, कसरी गर्ने, स्क्रिप्ट लेखन, सम्पादनलगायत विषयमा व्यावहारिक ज्ञान दिन प्रतियोगिता आयोजना गरिएको हो । सुरुमा प्रतियोगितामा ६३ वटा टिमबाट ३७८ जना विद्यार्थी सहभागी थिए । यसबाट छान्दै चार उत्कृष्ट टिमलाई बुधबार पुरस्कृत गरिएको छ । 

विद्यार्थीबिच तीनवटा संस्थाको विज्ञापन तथा प्रमोसनसँग सम्बन्धित कन्टेन्ट क्रिएसनसम्बन्धी प्रतिस्पर्धा भएको थियो । सुबिसु, द प्लाजा, वेबस्टार युनिभर्सिटी र सुजिकीका सम्बन्धमा विद्यार्थीले समूहगत रूपमा डिजिटल विज्ञापन तयार पारेका थिए । ६ वटा विद्यालयबाट प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भएको थियो ।

तीनवटा संस्थाको उत्कृष्ट कन्टेन्ट बनाएपछि जेम्स स्कुल, काठमाडौं वल्र्ड स्कुल, मल्पी स्कुल र काष्ठमण्डप स्कुल विजयी भएका छन् । प्रतियोगितामा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी सहभागी थिए । वेबस्टार युनिभर्सिटीले विद्यार्थीलाई प्रतियोगितासम्बन्धी पूर्वतयारी तथा तालिम दिएको थियो ।