१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असार ४ बिहीबार १९:४०:००
Read Time : < 1 मिनेट
समाचार

प्रशासनको अनुमतिविनै जानकी मन्दिर खुल्यो 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असार ४ बिहीबार १९:४०:००

कोरोना भाइरस (कोभिड– १९) महामारीको जोखिमलाई दृष्टिगत गर्दै बन्द रहेको जानकी मन्दिरको मूल ढोका ८१ दिनपछि बिहीबार खुलेको छ । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भिडभाड हुने मन्दिर, मस्जिदलगायत धार्मिक स्थल बन्द गर्ने घोषणा गरेको थियो । तर, लामो समयसम्म मन्दिर बन्द भएकाले श्रद्धालुलाई कठिनाइ भएको भन्दै मूल गेट खोलिएको छोटा महन्थ रामरोशन दासले बताए । 

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने अहिलेसम्म कुनै मठमन्दिर, मस्जिदहरू खोल्ने निर्णय नभएको बताए । जानकी मन्दिर खोल्न पनि प्रशासनले अनुमति नदिएको उनको भनाइ छ । 

छोटा महन्त दासका अनुसार मन्दिरको गेट १५ चैतदेखि बन्द थियो । पुजारीहरूले भित्रै पूजापाठ गर्दै आएका थिए । गेट खुलेसँगै मन्दिरमा भिडभाड हुन सक्ने भएकाले सामाजिक दूरी पालना गराउन र दैनिक स्यानिटाइज गर्न उनले जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।